मेष (चु, चे, चो, ला, लि, लु,  ले,  लो,  अ) –  लामो  समय देखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत  समेत बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ साझेदारी र सट्टापट्टामा विशेष  लाभ  मिल्नेछ  नयाँ  जिम्मे वारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । पितृधन को उपयोगबाट विशेष फाइदा होला । सोचेभन्दा राम्रै लाभ हुनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) कला, साहित्य,  मनो रञ्जन आदि  क्षेत्रमा  रुचि  बढ्नेछ ।  व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला विभिन्न अवसरले पछ्या उनेछन । शत्रुहरू किनारा  लाग्नेछन ।  चुनौती  चिर्दै  काम बनाउन  सकिने  छ  ! व्यापारलगायत  आ’र्थिक  लाभ हुने काममा राम्रै फाइदा हुनेछ!प्र’तिस्पर्धामा पनि विजयी भइने छ । रोकिएका काम बन्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)  मिश्रित  प्रभाव भएको दिन छ काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ । फाइदा कममात्र  हुनेछ ।  आफ्ना  कामजोरी माथि टिप्पणी हुनसक्छ, सचेत रहनुहोला । बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन अरूका काममा श्रम तथा बुद्धि खर्चनु पर्ला । आफ्ना काम  स्थगित  हुनाले मन खिन्न हुनेछ । कमजोरीले चिन्ता बढाउन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – आजको प्रयत्न निष्फल  जस्तै  होला  । आ’श्वासन  बाँड्नेहरूले झुक्याउन सक्छन, सचेत  रहनुहोला । महत्वाकाङ्क्षी  योजना  गोप्य राखेर  अघि  बढ्दा  फाइदा  हुनेछ  । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिने छ । विगतका निर्णयले काम बिग्रन सक्छ ।  मान्यजनको  सुझावप्रति  वि’श्वास  नलाग्न सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – नयाँ  ज्ञान  सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ  व्यवसायका  लागि  यात्रा को सम्भावना पनि छ । दाम्पत्य सुखले  प्रफुल्लित भइनेछ । आम्दानी प्रशस्तै  बढ्नेछ । नयाँ सवारी साधन  प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । कामका लागि अनुकूल समय छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे,  पो)–  मुद्दा–मामिलामा विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ सामान्य  फाइदा को योग छ ! अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ प्र’तिस्पर्धीहरूले  अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिने  छ ।  सहयोगी हरू  जुट्नाले  रोकिएका  काम सजिलै सम्पादन हुनेछन । सानो प्रयत्नले ठूलो काम सम्पादन हुन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) व्यावसायिक यात्राको सम्भावना छ मनग्ये आम्दानी हुनेछ विभिन्न भौतिक साधन जुट्न सक्छन् नयाँ सवारी साधन प्राप्तिको योग  छ  आति थ्यपूर्ण सम्मान पाइएला बोलीकै भरमा  विशेष काम सम्पा दन हुन सक्छ,  क्रियाशील  रहनुहोला ।  प्रेमी÷ प्रेमिकाका बीचमा सुमधुरता र सामीप्यता प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्ने योजनामा हुनुहुन्छ भने केही समय पर्खनुहोला । आफैंले गरेका निर्णय कार्यान्वयन  गर्न  धौधौ पर्नेछ आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का  उब्जने छ परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ  मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ । आमा वा  घरकी बृद्ध स्त्रीको स्वास्थ्यमा समस्या देखिन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा,  ढ,  भे) –  अप्ठ्यारा  परि स्थितिसँग पनि जुझारु भई काम गरिने छ । बन्धुबान्धव र गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत  प्रदान गर्नेछ । उद्योग  तथा  बन्दव्यापारबाट  राम्रो  फाइदा  लिन सकिने छ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन । पुरानो समस्या सुल्झाउन सकिने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो,  गा,  गि) –  अरूलाई प्रभावित पारेर काम बनाउन सकिने  समय  छ ।  प्र’शंसक हरू बढ्नेछन !सहयोगीहरूले काममा साथ दिनेछन । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट  प्र’शस्त  धन  लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन । पठन–पाठनमा प्रगति हुनेछ कीर्तिमानी काम गर्ने समय छ पैत्रिक  सम्पत्ति बाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।

कुम्भ (गु, गे, गो, सा,  सि,  सु,  से,  सो,  द) –  इच्छाशक्ति बढ्नुका  साथै  प्र’यत्न  गरेको काम छोटै समयमा पूरा हुन सक्छ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न  सकिने  छ । विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइने छ स्वादिष्ट भोजनको आनन्द मिल्नेछ  परिवारजनसँग आत्मी यता बढ्नेछ । प्रेम र मित्रताको गाँठो कसिएला । कामबाट पनि फुर्सद पाइने छ प्रशंसकहरू बढ्नेछन आक्षेप लगाउने हरू निष्क्रिय हुनेछन ।

मीन (दि, दु, थ, झ,  ञ, दे,  दो,  च,  चि) –  समयमा  होस नपुग्नाले काम रोकिन सक्छ ।अवसरको खोजीमा असाध्यै दौडधुप गर्नुपर्ने दिन छ । फाइदाका पछि लाग्दा  साथीभाइ सँग असमझदारी बढ्न सक्छ खर्च बढ्नुका साथै  आर्थिक अभाव देखा पर्न सक्छ । आक्षेप लगाउनेहरू  स’क्रिय हुने छन । धेरै लगानीपछि कममात्र फाइदा  हुनेछ ।  होसियारी साथ काम लिनुपर्ने समय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News