
काठमाडौं२७ चैत्र । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जसपा अरु सँग मागेर खाने कमजोर जातीय/क्षेत्रिय शक्ति नभई सच्चा राष्ट्रिय शक्ति बन्ने धा’रणा राखेका छन् । उनले जसपाको पदाधिकारी बैठक सौहार्दपूर्ण र गम्भीर वातावरणमा सुरु भएको पनि जनाएका छन् ।
उनले बैठकको तस्विर सेयर गर्दै सामाजिक सञ्जाल ट्वि टरमार्फत भनेका छन्,”जसपाको पदाधिकारी वैठक सौहा र्द्रपूर्ण र गम्भीर वातावरणमा शुरू भएको छ! उदीयमान वैकल्पिक शक्ति हुनुको नाताले जसपाले विद्यमान राष्ट्रिय राजनीतिक सं’कटको अग्रगामी समाधाननिम्ति अ’ग्रणी भूमिका खेल्नैपर्छ ।जसपा अरूसंग मागेर खाने कमजोर जातीय/क्षेत्रीय शक्ति हैन सच्चा राष्ट्रिय शक्ति बन्नु छ।“
यो पनि पढ्नु होस ! काठमाडौं, २७ चैत्र । पदमुक्त भएका चार जना मन्त्रीले आज पद तथा गोपनीयताको पुनः सपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवास मा मन्त्रीहरू टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी हुन्।
उनीहरूले पहिलेकै मन्त्रालयमा नियुक्त लिएका हुन्। जस अनुसार रायमाझी ऊर्जा,जलस्रोत तथा सिँचाइ, भट्ट उद्योग वाणिज्य तथा आपूर्ति, साह सहरी विकास र चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा सपथ लिएका हुन्र रिपोटर क्लब !