काठमाडौं ‘१. सरकारको बेवास्ता : कान्ति लोकपथ अल पत्र पर्नुमा सरकारको बेवास्ता मुख्य कारण हो । सेनाले ०१३ मा ट्रयाक खो”ल्न सुरु गरेर ०१६ मा सक्यो ।  तर, त्यसपछि लोकपथ निर्माण कार्य सरकारको प्राथमिकतामा नै परेन । ०५९ मा आएर मात्रै लोकपथलाई हेटौँडा जोड्ने वैकल्पिक मार्गका रूपमा विकास गर्नुपर्ने बहस सुरु भयो ।

‘लगत्तै कोरियन सरकारको सहयोगमा सडकको डिपिआर तयार गरियो । तर, काम अघि बढेन । ०६५ मा लोकपथ निर्माण पुनः बहसमा आयो । ५.५ मिटर चौडाइ रहने भनि एको सडक ८.५ मिटर चौडा बनाउने तय गरियो, तर बजेट विनियोजन गरिएन । लोकपथलाई सरकारले प्राथमिकता मा राखेको आर्थिक वर्ष ०७०/७१ बाट मात्रै हो ।

‘त्यसयता तीन अर्ब ३६ करोड विनियोजन भइसकेको छ । तर, दुई अर्ब ५८ करोड मात्रै खर्च भएको छ । लोकपथको ८० प्रतिशत भौतिक प्रगति यही अवधिको भएको आयो जनाले जनाएको छ ।

‘२. फास्ट ट्रया’क प्राथमिकतामा : सरकारको प्राथमिकता मा ७२.५ किमि लामो काठमाडौं– निजगढ फास्ट ट्रयाक निर्माण परेको छ । जसका कारण कान्ति लोकपथ ओझे -लमा छ । २३ कातिक ०६६ देखि सेनाले फास्ट ट्रयाकको ट्रयाक खन्ने काम गरिरहेको छ । यो आयोजना बने काठमा -डौंबाट ५९ मिनेटमै निजगढ पुग्न सकिने सरकारले बताउँ दै आएको छ । तर, अहिले न फास्ट ट्रयाक निर्माणले गति लिन सकेको छ, न लोकपथको निर्माण कार्य अघि बढेको छ ।

‘३. सुरुङमार्गमा जोड : आयोजनाका अनुसार लोकपथ निर्माण कार्य सरकारको प्राथमिकतामा नपर्नुको अर्को कारण काठमाडौं–हेटौँडा सुरुङमार्ग पनि हो । ५८ किमि लामो यो मार्ग हुँदै ४० मिनेटमै काठमाडौंबाट हेटौँडा पुग्न सकिने सरकारको भनाइ छ । सरकारले सुरुङमार्ग निर्मा णको जिम्मा कुलेखानी–हेटौँडा सुरुङमार्ग आयोजनालाई दिएको थियो । आयोजनाको डिपिआरसमेत बन्यो । तर, पछि कम्पनीले लगानी जुटाउन नसकेर आयोजना नै अल पत्र प-यो । सुरुङमार्गका कारण ओझेलमा परेको लोकपथ निर्माण पनि अघि बढेन ।

‘४. ऐतिहासिक र सांस्कृतिक बस्ती : कान्ति लोकपथको पुरानो ‘अलाइन्मेन्ट’ ललितपुरको टीकाभैरव–चापागाउँ–सुनाकोठी बस्तीको बीचबाट थियो । चापागाउँ र सुनाकोठी मा सडकका लागि जग्गा दिनुपर्ने मात्र नभएर  घरसमेत भत्कने देखिएपछि स्थानीयले लामो समयसम्म निर्माण कार्यमा अवरोध गरे । त्यसैले पछिल्लो समय ललितपुर तर्फको ‘अलाइन्मेन्ट’ परिवर्तन गरिएको छ । जसअनुसार लोकपथ टीकाभैरवबाट छम्पी हुँदै भैँसेपाटीबाट एकान्त कुनामा जोडिनेछ । त्यसैले सुनाकोठी र चापागाउँको बस्ती जोगिने भएको छ

‘ललितपुरको सातदोबाटोदेखि मकवानपुरको हेटौँडा जो ड्ने कान्ति लोकपथ निर्माण थालिए को ६४ वर्ष बित्दा पनि पूरा हुन सकेको छैन । आयोजना निर्माण मा अहिले सम्म कति खर्च भयो भन्ने हिसाबसमेत सरकार सँग छैन ।

‘सडक निर्माणका लागि सेनाको नेतृत्वमा ०१३ मा ट्रयाक खन्न सुरु गरि”एको थियो । यो काम   ०१६ मा सकि”यो । त्यतिवेलै ट्र्याक उद्घाटन गर्दै राजा महेन्द्र हेटौँडाको बुद्ध चोकदेखि जिपमा ललितपुरको टीकाभैरवसम्म आएका थिए । राजा महेन्द्रले कान्ति लोकपथको उद्घाटन गरेको शिलालेख ठिंगन खण्डको सडकको भित्तामा अहिले पनि देखिन्छ । तर, त्यसयता सडकको स्तरोन्नतिको काम कछु -वा गतिमा समेत हुन सकेन ।

‘६४ वर्षमा आयोजनाका नाममा राज्यको ठूलो धनराशि खर्च भएको छ । तर, त्यसको विवरण पनि सरकारसँग छैन । काठमाडौंस्थित कान्ति लोकपथ सडक आयोजना का अनुसार आर्थिक वर्ष ०७०/७१ यता मात्रै दुई अर्ब ५८ करोड रुपैयाँ खर्च भइ”सकेको छ । त्यस”अघि भएको खर्चको विवरण न आयोजनासँग छ, न सडक विभागसँग नै । ‘ट्रयाक खन्ने काम ०१६ मै सकिएको देखिन्छ । तर, सडक निर्माणको काम अझै हुन सकेको छैन । आयोज नामा पछिल्लो समय भएको खर्च विवरण त होला, तर पहिला कति भयो त्यसको हिसाब नै छैन,’ आयोजना कार्यालयका पूर्वप्रमुख कपिलविष्णु काफ्लेले भने ।

‘यो आयोजना पछिल्लो १३ वर्षदेखि कान्ति लोकपथ सडक आयोजनाअन्तर्गत निर्माण हुँदै आएको छ । त्यस अघि ललितपुर सडक डिभि जन र मकवानपुर  सडक डिभिजन कार्यालय अन्तर्गत निर्माण हुँदै आएको थियो । तर, त्यतिवेला निर्माण कार्यले गति लिन सकेन ।

‘लोक”पथको कुल लम्बाइ ९० किमि थियो । स”डकको चौडाइ सुरुमा ५.५ मिटर तय भएको थियो । तर, पछि ८.५ मिटर निर्धारण गरिएको छ । लोकपथको ५१ किमि भाग मकवानपुरमा र बाँकी ३९ किमि खण्ड ललितपुरमा पर्छ । मकवानपुरको

‘चौघडा–चुनडाँडा–मकवानपुरगढी–जितपुर– ठिंगना–बागमती हुँदै लोकपथ ललितपुरको बगुवा–कल्चेभिर–छपेली–झाँक्रीडाँडा–तिनपाने भञ्ज्याङ–टीकाभैरव हुँदै सातदोबाटोमा जोडिन्छ ।

‘अहिलेसम्म आयोजनाको ८० प्रतिशत मात्रै भौतिक प्रगति छ । १५ किलोमिटरबाहेकको खण्ड कालोपत्रे गरिए”को छ । चालू आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरिने आयोज नाले जनाएको छ । तर, लामो समयदेखि आ”योजना ले पटक–पटक म्याद सार्दै आएको छ ।

‘निर्माण भएको सडकका विभिन्न खण्ड पनि बर्खाको बाढीपहिरोले क्षतविक्षत हुने गरेका छन् । कहीँ सडक धस्सिएको छ भने कतै पहिरोले बगाएको छ । कुनै ठाउँ पहिरोका कारण सडक पुरिएको छ । तर, सार्वजनिक यातायातका साधन चलेका छैनन् ।

‘आयोजनाका लागि सरकारले प्रत्येक वर्ष बजेट विनियो जन गर्छ । सडक विभागले टेन्डर निकाल्छ । तर, डोजर लिएर ठेकेदारले उही ढिस्कोलाई कहिले यता पन्छाउँछन् त कहिले उता । दशकौँदेखि चल्दै आएको यो प्रक्रियाले सीमित ठेकेदारको मुहारमा त पटक–पटक कान्ति ल्याए को छ । तर, सडकको अवस्था जस्ताको तस्तै छ ।

‘कान्ति लोकपथ निर्माण भए हेटौँडा–काठमाडौं दूरी एक सय ३२ किमि छोटिन्छ । अहिले मुख्यतया सञ्चालनमा रहेको हेटौँडा– नारायण गढ –मुग्लिन–नागढुंगा सडकको लम्बाइ दुई सय २२ किमि छ । कान्ति लोकपथ निर्माण भए ९० किमि यात्रामै काठमाडौं पुग्न सकिन्छ । समय र इन्धन दुवैको बचत हुन्छ ।

‘सरकारको प्राथमिकतामा परेको भए कान्ति लोकपथलाई नै ‘फास्ट ट्र’याक’का रूपमा विकास गर्न सकिने अवस्था पनि थियो । यसका लागि लोकपथको साबिक रुटलाई मकवानपुर को ठिंगनबाट निजगढ जोड्नुपर्ने हुन्थ्यो । ललितपुरको सातदोबाटोदेखि निजगढसम्म यो रुटको दूरी ८० किमि मात्रै हुन्छ । तर, ६४ वर्ष पुरानो   लोकपथलाई उपेक्षा गरेर सरकारले फास्ट ट्र्याकमा मात्र अन्धाधुन्ध पैसा खन्याइरहेको छ । ९० किलोमिटर लामो कान्ति लोकप थको समानान्तर ७२.५ किलोमिटर फास्ट ट्रयाक निर्माण भइरहेको छ । तर, कुनै पनि सडकको निर्माण फास्ट ट्रयाकमा छैन ।

‘राज्यले नै प्राथमिकतामा नराखेका कारण राजा महेन्द्रले ६ दशकअघि नै जिप कुदाएको कान्ति लोकपथमा अहिले दूध बोक्ने एक–दुईवटा ट्रक र फाट्टफुट्ट मिनिबस मात्रै चले को देखिन्छ । सरकारको प्राथमिकतामै नपरेर आयोजना को यस्तो दुर्गति भएको आयोजनाका पूर्वप्रमुख काफ्लेको भनाइ छ । ‘राजा महेन्द्रले उतिवेलै जिपबाट सकुशल पार गरेका थिए कान्ति लोकपथ । अहिले त्यही सडकमा एक–दुईवटा ट्रक घस्रिएको देख्न पाउँछौँ । कान्तिभन्दा पछि बनेका सडक सञ्चालनमा आएर पनि पुराना भइसके,’ उनी भन्छन्, ‘सरकारको प्राथमिकतामै नपरेर यस्तो भए  को हो ।’

‘भट्टेडाँडा खण्डको सडक हरेक वर्ष पहिरोले बगाउँछ, हिउँदमा डोजरले पहिरो हटाउँछ । त्यसैको ट्र्याक पहि ल्याउँदै दूध बोक्ने ट्रक र मिनिबस भिरमा घि’स्रन्छन् । ‘चक्का मात्रै अडिने सडक छ । माथि पनि भिर, तल झन् ठूलो भिर । एउटा चक्का मात्रै तलमाथि भयो भने बाँच्ने आस कसैको हुन्न । यो भिरमा गाडी हिँड्यो कि आङै सि ‘रिंग हुन्छ । तर, हामीसँग रमिता हेर्नेबाहेक अरू उपाय पनि छैन,’ बागमती–

‘सडक निर्माणका लागि सेनाको नेतृत्वमा ०१३ सालमा ट्र्याक खन्न सुरु गरिएको थियो । यो काम ०१६ मा सकि यो । त्यतिवेलै ट्र्याक उद्घाटन गर्दै राजा महेन्द्र हेटौँडाको बुद्धचोक देखि ललितपुरको टीकाभैरवसम्म जिपमा आए का थिए । राजा महेन्द्रले कान्ति लोकपथ को   उद्घाटन गरेको शि’लालेख ठिंगन खण्डको सडकको भित्तामा अहिले पनि देखिन्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News