
लन्डन: बेलायती महारानी एलिजाबेथ द्वितीयका पति राज कुमार फिलिपको ९९ वर्षको उमेरमा शुक्रबार बिहान नि’ध न भएको छ। महारानी एलिजाबेथले बडो दुःखका साथ पति ‘ड्युक अफ एडिनबरा’ राजकुमार फिलिपको मृ’त्यु भएको घो’षणा गरेकी बकिङहम राजदरबारले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
महारानी एलिजाबेथले सन् १९६१ र सन् १९८६ मा दुईपट क नेपालको राजकीय भ्रमण गर्दा राजकुमार फिलिप सँगै आएका थिए। बेलायती महारानीबाट वि’शिष्ट सम्मान ओ बीई’ प्राप्त समाजसेवी डा. राघवप्रसाद धिताल ‘ओबीई’ फिलिपको नेपाल–प्रेमलाई वि’शेष रूपमा सम्झना गर्छन्। ‘उहाँमा नेपालप्रति वि’शेष सद्भाव थियो’, डा. धितालले अ’न्नपूर्ण पोस्ट्सँग भने।
बेलायती सेनामा सेवारत गोर्खा सैनिक र नेपालको तत्का लीन राजसं’स्था सँग नजिकको स’म्बन्धजस्ता का रणले बेलायती राजपरिवारका अन्य सदस्यजस्तै फिलिपलेनेपाल लाई थप म’हत्त्व दिएको डा. धितालको बुझाइ छ । कुनै वि’शेष समारोहमा नेपाली टोपी लगाएर जाँदा फिलिपले हात हल्लाउने, मुस्कुराउने गरेको सम्झना डा. धिताललाई छ। नेपालको तत्कालीन राजपरिवारसँग व्यक्तिगत तहमै फिलिपको सम्बन्ध रहेको उनले सुनाए।उनले अध्ययन गर्न बेलायत आउँदा तत्कालीन युवराज दीपेन्द्र र अधिराज कुमार नीराजन राजकुमार र महारानीको स’म्पर्कमै बस्ने गरेको बताए।
लिड्स वि’श्वविद्यालयका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदी ‘क्युसी’ जनताको महान् सेवकका रूपमा फिलिपको सम्झना गर्छन्। ‘दोस्रो वि’श्वयुद्धपछि बेलायतमा राजनीति क स्थिरता कायम गराउन महारानील पतिका रूपमाउहाँले म’हत्त्वपूर्ण साथ दिनुभयो’, फिलिपलाई दुई अवसरमा भेटे का डा. सुवेदीले भने, ‘उहाँले यहाँका कैयौं च्यारिटीमा सं’र क्षकको भूमिकाबाट पनि ठूलो योगदान पु’र्याउनु भएको छ।’
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले राजकुमार फिलिप को निधनमा दुःख व्यक्त गरेका छन्। उनले जीवनमा अन गिन्ती युवालाई प्रेरित गरेको उल्लेख गर्दै प्रधानमन्त्री जोन्स नले बेलायतीमाझ राजसंस्थाले बनाएको आजको स्थानका लागि उनको विशेष योगदान रहेको स्मरण गरेका छन्।
पछिल्लो समय अ’स्वस्थ रहेका फिलिप एक महिना अस्प ताल बसेर हालै डि’स्चार्ज भएका थिए । उनको विन्डसर क्यासलस्थित निवासमै निधन भएको हो। उनको जन्म सन् १९२१ जुन १० मा ग्रिक आइल्यान्ड कोर्फुमा भएको थियो उनले सन् १९४७ नोभेम्बर २० मा तत्कालीन राजकुमारी एलिजाबेथसँग विवाह गरेका थिए । विवाहको पाँच वर्ष पछि एलिजाबेथ बेलायतकी महारानी घोषित भएकी थिइ न्। उनीहरूका ४ सन्तानका साथै ८ नाति–नातिना र १० पनाती–पनातिना छन्।स्रोत अन्नपूर्ण पोस्ट