काठमाडौँ— राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा  योगदान  पुर्‍याएका  व्यक्तिहरूलाई  प्र’दान  गरेका विभिन्न मानपदवी,  अ’लंकार  र  पदकमा  नेपालको  चुच्चे नक्सा नरहेको भन्दै सत्तारुढ नेकपा (एमाले) को  विद्यार्थी संगठन अनेरास्ववियुले वि’रोध गरेको छ । हेरेर  प्र’तिक्रिया दिनु होला !

मानपदवी, अलंकार र पदकमा चुच्चे नक्सा प्र’योग नगरिए को भन्दै वि’रोधमा अनेरास्ववियुले आइतबार काठमाडौंमा प्र’दर्शन गरेको हो । भारतले मिचेको कालापानी,  लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा सरकारको  सिफारिसमा राष्ट्रपतिले प्र’दान गरेको  मानपदवी,  अलंकार  र  पदकमा नसमेटिएको   भन्दै  वि’रोध  प्र’दर्शन  गरेको  अनेरास्ववियु नेता आरती लामाले बताइन्

आफ्नै पार्टी ने’तृत्वको  सरकारले  गरेको  भए  पनि  गलत कामको वि’रोध गरिएको लामाको भनाइ थियो  । ‘राष्ट्रपति ले जुन  ढंगले  पदक  बाँड्नुभयो  त्यसमा  हामीले संसद्बाट पास भएको नक्सा पदकमा रहेन भनेर वि’रोध  गरेको हौं,’ उनले भनिन्, ‘हाम्रो पार्टीको ने’तृत्वमा भए  पनि सरकारले जनविरोधी, राष्ट्रको अहितमा काम गर्छ  त्यसको वि’रोधमा सडकमा लाग्ने हो । यस्ता काममा हामी सरकारको कबज बन्ने वा प्र’वक्ता होइन ।’

गृहमन्त्रालयको विभूषण समितिको  सिफारिसमा  राष्ट्रपति ले मानपदवीतर्फ  महाउज्जवल  राष्ट्रदीप  प्र’थम  श्रेणीबाट दुई, सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीबाट सात उज्ज ल कीर्तिमय राष्ट्रदीप द्धितीय श्रेणीबाट एक, प्रसिद्ध  जनसे वाश्री  द्धितीय  श्रेणीबाट  एक,  सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीबाट नौ, सुप्रबल जनसेवाश्री  तृतीयबाट   ११२, कीर्ति मय राष्ट्रदीप चतुर्थ श्रेणीबाट आठ, प्रबल जनसेवाश्री चतुर्थ बाट २०० जनालाई प्र’दान गरेकी थिइन् । त्यस्तै,  जनसेवा श्री प्रथमबाट ११०, अलंकार  तर्फ  १५५ र  पदकतर्फ  २८ गरी ६३३ लाई विभूषित गरिएको थियो । स्रोत कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News