मेष (चू,चे,चो,ला,लि,लू,ले,लो, म,अ) पशुधन  र जमिनबाट सामान्य  लाभ  उठाउन  सकिनेछ  ।  परिवारमा   आमाको माध्यमबाट काम बन्न सक्छ ।केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता  गर्नुपर्दा  मन खिन्न रहनेछ । समुदायको हक हित को संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ काम मा रोकावट हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मेहनत गर्दा राम्रै  प्रतिफल प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो  साथ  दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ विभिन्न भौतिक साधन जुट्नेछन् । आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन  ल्याउनुका  साथै  धेरैको मन लोभ्याउन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)  उद्योग  र  व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिस्पर्धीलाई सजिलै हराउन  सकि नेछ । टाढाको यात्राको  पनि  योग  रहेको  छ । उत्साहपूर्ण रहला स्वास्थ्य सबल रहनेछ । काममा पनि फाइदाको योग छ । विगतको सफलताले थप काम गर्न हौसला  मिल्नेछ । सुखद समाचार सुन्न पाइनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)  गरिएका कर्मको उचित प्रतिफल पाइनेछ प्रशस्त धन आर्जन हुने  समय छ । व्याव सायिक यात्रा सम्भावना छ दाम्पत्य जीवन रमाइलो रहनेछ । साझेदारीमा समस्या आउनुका साथै  पहिलेको  सम्झौता भंग हुन सक्छ । अरूको फाइदाका लागि उपयोग भइएला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बेसुरमा बचन दिने बानीले दुःख पाइनेछ नजिकका साथीभाई टाढिन  सक्छन् महत्वा कांक्षी योजना गोप्य राख्नुहोला ! प्रियजनसँगको भेटघाटले दिन  रमाइलो  बनाउनेछ  । व्यवसायमा  वि’शेष लाभ लिने समय छ कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ पढाइ लेखाइमा प्रगति हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष, ण,ठ, पे, पो) मनमा  डर  लागे  पनि विभिन्न अवसरले पछ्याउने छन् ठीक समयमा सही निर्णय लिन सकिनेछ । आश मारेको कामले उत्साह  जगाउनेछ । तत्काल लाभ नभए  पनि  विभिन्न  सकारात्मक  संकेतहरू प्राप्त हुनेछन् । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)कार्य  सम्पादन  गर्ने  क्षमता बढ्नेछ केही अवसर फुत्कन सक्छन् प्रयत्न गर्दा  सहयोगी का माध्यमबाट  फाइदा  उठाउन  सकिनेछ । गोपनीयतामा ध्यान पुर्याउनुहोला बिग्रिएको सम्बन्ध र विगतका कमजोरी लाई सुधार गर्न मौका छ । महत्वाकांक्षी योजना फलीभूत होलान् ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो, या, यी, यू)  स्वादिष्ट  भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । आफ्ना विषय वस्तुमा अरूले अधिकार जमाउन  सक्छन् । सरकारी  कडिकडाउ को सिकार भइनेछ । अरूले बाधा पुर्याए पनि  शुभचिन्तक हरूले साथ दिनेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)अरूको फाइदाका लागि उपयोग भइनेछ । परिस्थिति आफ्ना लागि अलि  प्र’तिकूल रहने देखिन्छ । काम बिग्रने डरले  सताइरहनेछ । चोरी  वा ठगीमा  परिने  समय छ । आ’र्थिक कारोबार गर्दा सजगता अपनाउनुहोला विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो) दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने  समय छ । तार्किक क्षमता बढ्नेछ । विशेष सभा समारोहमा भाग लिने मौका प्राप्त हुनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई बचन दिने बानीले दुःख पाइनेछ । खर्च बढ्नेछ

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) परम्परालाई समय सापे क्ष परिवर्तन गर्न सकिनेछ साथ दिनेहरू बढ्नेछन्   प्रतिष्ठा, मान सम्मान आदि  पाइनेछ  ।  भाग्यले  नसोचेको  फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् । कर्म  योग र आम्दानीले पछ्याउने छन् ।  फाइदाका  लागि  योजनाहरू गोप्य राख्न आवश्यक छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) प्र’यत्न गरेको काम  छोटै समयमा पूरा हुनाले समय फुर्स्दिलो  रहनेछ । इच्छा  शक्ति बढ्नेछ  रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले  काम  लिन  सकिनेछ । लेनदेन को विवादले अप्ठ्यारो पर्न  सक्छ । पढाइ  लेखाइमा  पनि समय दिन नसकिएला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News