काठमाडौँ । आफ्नो सबै सोसियल नेटवर्क ह्याक भएपछी नायिका तथा मोडल रिमा विश्वकर्मा तनावमा परेकी छिन् । क्रिसमस इभमा मोबाइल फोन हराएर आफ्नो फेसबुक, इन्स्टाग्राम र जिमेल अकाउन्ट ह्याक भएको जानकारी गराउँदै आफन्त एंव शुभ चिन्तकलाई सजग रहन आग्रह गरेकी छिन् ।

रिमाले हराईएको ‘मोबाइल अन गरेर ह्याकरले फेसबुक, इन्स्टा र जिमेलको पासवर्ड परिवर्तन गरेको बताइन् । ।

उनले आफू बनेर कुराकानी गर्ने व्यक्तिसँग सजग रहन र रिपोर्ट गर्न सबैमा आग्रह गरेकी छिन् ।

कमेडी च्याम्पियनकी निर्माता तथा होस्ट समेत रहेकी नायिका रिमाले ह्याकर बिरुद्ध प्रहरीमा उजुरी गरिसकेको बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News