नेपालकोराष्ट्रियबसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन्। बसपार्कका टिकट काउण्टरलाई  अ’न्तर्राष्ट्रिय स्तरको टिकट काउण्टरमा सञ्चालन गर्नका लागि आ’वश्य क पूर्वाधार निर्माण गर्नुपर्ने  भएकाले  हाल  सञ्चालन  हुँदै आएका काउण्टर वैशाख १ गते देखि केही समयका  लागि बन्द हुने भएका हुन्।

नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से  बहुउद्देश्यीय  प्रालि का महाप्रबन्धक सुनिल  कुँवरले बसपार्कका काउण्टरलाई अ’न्तर्राष्ट्रिय  मापद’ण्डबाट  सञ्चालन गर्नका लागि टिकट काउण्टर केही दिनका लागि बन्द  गर्न  लागेको  जानकारी दिए।नयाँ बसपार्कभित्र हाल ३५ टिकट काउण्टर  सञ्चाल नमा छन्। प्रालिले टिकट काउण्टर मर्मत  गर्न  लागिएकाले केही समयका  लागि  आफ्नो व्य’वस्थापनमा टिकट बिक्री वितरणको व्यवस्था मिलाउन यातायात कम्पनीलाई आग्रह समेत गरेको छ।

काठमाडौँ  महानगरपालिकाको  स्वामित्वमा   रहेको   उक्त जग्गा विसं २०५६ मा महानगरपालिकाका  तत्कालिन  प्रमु ख केशव स्थापित र प्रालिका अध्यक्ष  गेहेन्द्रबहादुर  कार्की बीच ‘सार्वजनिक–निजी  साझेदारी’अन्तर्गत सम्झौता गरेर नयाँ बसपार्क सञ्चालनमा ल्याइएको थियो।

प्रालिका अध्यक्ष इञ्जिनीयर दीपक कुँवरले नयाँ  बसपार्क लाई  अ’न्तर्राष्ट्रियस्तरको  बसपार्कको  रुपमा  विकास गर्ने लक्ष्य लिएको बताए। ‘नेपालको एकमात्र  राष्ट्रिय  बसपार्क लाई सुविधासम्पन्न बसपार्कको रुपमा निर्माण गर्न लागिरहे का छौँ’, उनले भने।

प्रालिले  यात्रुको  सहजताका  लागि  कम्प्युटर   प्रणालीको माध्यमबाट टिकट काट्ने व्यवस्था  मिलाएको छ।  प्रालिले सरकारले लिएको नीतिअनुसार  कोभिड– १९  स’ङ्क्रमण पछि  हुने  भीडभाडलाई  ध्यानमा राखेर प्र’विधिको प्र’योग लाई जोड दिएको हो । ल्होत्सेले  बस  टिकट  खरीद  तथा बुकिङका लागि क्युआर कोर्डमार्फत भुक्तानी हुने व्यवस्था मिलाएको छ।

लक्ष्मी बैंक लिमिटेडको स’हकार्यमा  उक्त  सेवा  सञ्चालन गरिएको  हो । काठमाडौँ  महानगरपालिकाको स्वामित्वमा रहेको नयाँ बसपार्क  १६१  रोपनी  क्षेत्रफलमा  सञ्चालित छ।  उक्त  बसपार्कमा  एक हजार ५०० सार्वजनिक सवारी साधन पार्किङ गर्नसक्ने क्षमता छ । स्रोत सेतो पाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News