
चितवन,चैत २३ गते । रत्ननगर १४ जयमंगलाका कृषक वेदप्रसाद भट्टराई केराको व्यवसायिक खेती गर्ने चितवन का दश कृषक मध्येमा गनिनुहुन्छ जागीरे जीवनबाट विश्रा म लिएर आफ्नै व्यवसायिक यात्रामा निस्कनु भएको उहाँ १२ बर्षमा सफल व्यवसायिक कृषक बन्नुभयो । पूरा पढ्नु होला !
व्यवस्थापनमा स्नातक गर्नु भएका भट्टराईले पूर्वी नवलपरा सीको गैंडाकोटमा रहेको नमूना आवासीय माविमा शिक्षण पेशा शुरु गर्नुभयो । त्यसपछि अक्सफोड कलेज, रोयल सेन्चुरी होटलको एकाउण्टेन हुँदै नर्थ प्वाइन्ट एकेडेमीमा शिक्षण एवम् व्यवस्थापन सम्हाल्दै जागिरमा राम्रै अनुभव सङ्गाल्नुभयो ।
जागीर राम्रै थियो । जागिरकै क्र’ममा आफ्नो एक विघा जमिनमा केरा खेती पनि शुरु गर्नुभयो । त्यही साइड पेशा यतिखेर उहाँको प्र’मुख आम्दानीको माध्यम बनेको छ । आफ्नो बारेमा उहाँले भन्नुभयो, “हामीले नै स्थापना गरेको बोडिङ्मा म राम्रै भूमिकामा थिए, सहायक प्रा’चार्य र व्यव स्थापकीय भूमिकामा पनि थिएँ ।
सामान्यतया जागिर र कमाइ पनि राम्रै थियोतर पनि मलाई चित्त बुझेन केही गर्नुपर्छ भन्ने लाग्यो त्यसमा पनि नेपालमा कृषिभन्दा अन्य पेशा सहज छैन भन्ने हेतुले यही पेशा सम्हालेँ यतिवेला म सन्तुष्ट छु शुरुआतको वर्ष राम्रै आम्दा नी हात लागेपछि उहाँलाई जागिरले भन्दा कृषिकर्मले आकर्षित ग-यो । उहाँ भन्नुहुन्छ, “आफुले लगाएको केरा खेती र पहिलो पल्टकै आम्दानीले मलार्ई छुट्टै प्रकारको आनन्द प्राप्त भयो । त्यसैले पनि मैले यो पेशालाई चाहेर नचाहेर पनि छोड्न सकिनँ ।”
चितवनका दश सफल केरा उत्पादक व्यवसायीमध्ये उहाँ को नाम पनि आउने गरेको छ यतिवेला आफ्नो र भाडामा लिएको जमिन गरी उहाँले २२ बिघा जमिनमा केरा खेती गर्नुभएको छ । जागिर छोडेर केरा खेतीतर्फ लाग्दा धेरै साथीहरुले कसैले के भन्ने कसैले के भन्ने गरेर हतोत्साहित पारेको र केही समय त दोधारमा परेको सुनाउँदै केराबारी तर्फ देखाउँदै उहाँले भन्नुभयो, “दृढ इच्छाशक्ति र लगातार को कडा मेहनतको फल हो यो ।”
कृषि पेशा र जागीर भनेको फरक फरक विषय रहेछ उहाँ ले त्यतिवेला आफुलाई जागिर छोडेर राम्रो गरिनस भनेर भन्नेहरु अहिले मेरो सफलता देखेर केटोले ठीकै निर्णय गरेको रहेछ भन्ने गरेको प्रसङ्ग सुनाउनुहुन्छ उहाँ । हुन त जहाँ पनि लगनशील नभइ सफलता हात लाग्दैन तर पनि कृषिकर्म प्राकृतिक विपत्तिले क्षति हुने र बन्द हड्तालले बिक्रीमा असर पार्ने व्यवसाय भएकाले पनि अरुभन्दा बढी संवेदनशील हुने उहाँको अनुभव छ ।
त्यसैले कृषिकर्ममा लाग्नेहरुलाई उहाँले अनुरोध गर्नुभयो, ‘राम्रो उत्पादन भयो, ब्यापार राम्रो भयो भनेर मात्तिने र उत्पादन राम्रो भएन, भएको उत्पादन पनि बिक्री गर्न सकि एन भनेर आत्तिने प्रवृत्ति सबैभन्दा घातक छ । त्यस्तो भयो भने यो व्यवसायलाई टिकाइराख्न सकिंदैन !घाटालाई पूर्ति गर्ने कुनै उपाय रहँदैन् ।’
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञान केन्द्रबाट प्राविधिक सहयोग, एक गाउँ एक उत्पादन जस्ता कार्यक्रमले चितवनको केरा व्यवसायले फड्को मारेको उहाँको अनुभव छ । यतिवेला आफ्नो फार्म नार्क र कृषि तथा वनविज्ञान विश्वविद्यालयको अनुसन्धान थलो जस्तै बनेको उहाँले बताउनुभयो यसले आफूलाई सिक्ने अवसर मिलेको उहाँको भनाइ छ । पछिल्ला दिनहरुमा जमिनको खण्डीकरणको कारण यस ब्यवसायको भविस्य संकटमा पर्न थालेको बताउनुहुन्छ उहाँ ।
कृषि ज्ञान केन्द्र चितवनका प्रमुख वरिष्ठ कृषि अधिकृत राजन ढकालका अनुसार चितवन जिल्लामा तीन हजार दुई सय हेक्टर अर्थात चार हजार आठ सय बिघा क्षेत्रफल मा केरा खेती गरिएको छ । जिल्लाबाट बार्षिक प्रति हेक्टर २४ मेट्रिक टन केरा उत्पादन हुने गरेको छ चितवन जिल्ला मा सात सय जनाभन्दा बढी कृषकले व्यावसायिक केरा खेती गरेका छन् चितवनको केरा काठमाण्डौं, पोखराल गायत बाग्मती र गण्डकी प्रदेशका अधिकांश शहरहरुमा पुग्ने गरेको छ । चितवनमा केरा, धान, तरकारी, माछा र माहुरीको जोन छन् ।गोर्खा पत्र अन्लाईन