काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीलाई ध्वस्त  पार्न  खोजे  ठीक  पार्ने  चेतावनी  दिनुभएको  छ  । सोमबार नेपाल उत्पीडित जातीय मुक्ति  समाजको  रा’ष्ट्रिय भेलामा बोल्दै नेपाल आत्मालोचना गरेर पार्टीमा नफर्किएर पार्टीलाई ध्व’स्त पार्न खोजे ठीक पार्ने उहाँले चेतावनी दिनु भएको हो ।

प्रधानमन्त्री ओलीले  भन्नुभयो,  ‘समूहगत  छलफल  हुँदैन  व्यक्तिगतरूपमा  आएर  पार्टीमा काम गर्नुहुन्छ  भने मसँग होइन, जनतातिर फर्केर क्षमायाचना गर्नुस् तर, पार्टी माथि धावा बोल्नुभयो भने ठीक लगाइनेछ !बघिनी तबसम्म चुप हुन्छ जबसम्म डमरुमाथि  खतरा  हुँदैन ।  नि’ष्कासन  गर्न हामीलाई पनि आउँछ तपाईंहरूलाई मात्र होइन ।’

अहिले पनि नेता नेपाललाई पार्टीबाट निष्कासन गरिनसके को पनि प्रधानमन्त्री ओलीले  बताउनुभएको  छ  ।  उहाँले भन्नुभयो,‘तपाईलाई  पार्टीबाट  नि’ष्कासन  गरेका  छैनौँ  । आत्मालोचना गरेर फर्किनुस्, पार्टीमा विना  भेदभाव  काम गर्न दिन्छौं ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले तत्कालीन  नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालले आफूलाई गरेको  कार वाही  किर्नाले भैंसी खाएजस्तै भएको पनि  बताउनुभएको छ । किर्ना ढाडिए भैंसीको जिउबाट आफैं  खसेको  जस्तो आफूलाई कारवाही गरिएको उहाँको भनाइ थियो । news24Nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News