‘प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा को बैठक   मा लगातार अनुपस्थित भएका छन्। प्रतिनिधि सभाका पछिल्ला ९ वटा बैठकमा ओली उपस्थित छैनन्। सर्वोच्च अदालतले उनैले गरेको प्रतिनिधिसभाको विघटन   बदर गरिदिए पछि गत फागुन २३ गते प्रतिनिधिसभाको सातौं अधिवेशन प्रारम्भ भएको थियो।

‘उक्त दिन संसद भवनमा पुगे पनि प्रधानमन्त्री ओली बैठक सुरू हुनुअघि नै बाहिरिएका थिए। त्यसपछि पनि प्रतिनि धिसभाका कुनै पनि बैठक मा उनी गएका छैनन्। बरू उन ले संसदीय दल को बैठकमै अधिवेशन अन्त्यको तयारीभइ रहे को बताएका थिए।

‘यसबीचमा प्रतिनिधिसभाका हरेक कार्यसूचीमा प्रधान मन्त्रीले पेश गर्नुपर्ने प्रतिवेदन पेश भइराखे का   छन्।सोमबार पनि प्रधानमन्त्रीले पेश गर्नुपर्ने राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन कानू न मन्त्रीले प्रतिनिधि सभा बैठकमा पेश गरेका थिए।

प्रतिनिधिसभा बैठकमा सांसदहरूले प्रधानमन्त्री लाई प्रति निधिसभा बैठकलाई विजनेशविहीन बनाइरहेको आ”रोप लगाएका छन्।  नेपाली कांग्रेसका सांसद गगन  थापाले प्रधानमन्त्री   लाई विकासको कामको गफ प्रधानमन्त्रीले दिएको उल्लेख गर्दै प्रतिनिधिसभा बैठकमै आउन चुनौती दिएका थिए।

‘त्यसो त प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेर बहादुर देउवा पनि धेरै बैठकमा अनु पस्थित छन्।   उनी पहिलो बैठकमा उपस्थित भएका थिए। सरकारले ल्याए को अध्यादेश विरूद्ध रोष्टममा नाराबाजीका लागि समेत उनी उभिएका थिए।

‘नेकपा माओवादी केन्द्रको दलका नेता पुष्प कमल दाहाल प्रचण्ड दुई नेताको तुलनामा धेरै बैठकमा सहभागी   छन्। संसद ब्युँतिएको एक महिना बित्दा समेत कुनै पनि विधेय कले कानूनी हैसियत पाएको छैन। बैठक पासमात्र गरे पनि कानून बन्न सक्ने विधेयकमा समेत सरकारले चासो दिइर हेको छैन।

‘बरू सत्तारूढ नेकपा एमालेले पछिल्लो समय प्रतिनिधि सभा अन्तर्गतका समितिमा ध्यान केन्द्रित गरेको छ। उसले समितिमा सांसदहरू हेरफेर गरेको छ।

‘प्रधानमन्त्री ओलीले आफ्ना विश्वास पात्र गोकुल बाँस्कोटा लाई लेखा समितिमा पठाएका छन् भने अर्का विश्वास पात्र महेश बस्नेतलाई राज्य व्यव स्था समितिमा पठाएका छन्। तर प्रधानमन्त्री ओली भने प्रतिनिधि सभाको तीन वर्षको कार्य काल बितिसक्दा समेत कुनै पनि समितिको बैठकमा उपस्थित भएका छैनन्।

‘प्रधानमन्त्री ओलीले संसद बैठक सञ्चालनका लागि सभा मुखले परामर्श गर्ने समितिमा समेत आफ्ना विश्वासप्राप्त सांसदलाई राखेका छन्।

‘समितिमा खगराज अधिकारी, शेरबहादुर तामाङ र कृष्ण भक्त पोखरेल परेका छन्। पोखरेलले केही समयअघि मात्र माधव नेपाल क्याम्प छाडेर ओली क्याम्प रोजेका थिए।सेतोपाटी।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News