मेरो पहिलो महिनावारी मेरा  अरू  साथीहरू  भन्दा  ढिलो भएको  थियो । त्यतिबेला  म  कक्षा सातमा पढ्थेँ। सुरूमा कक्षाका लगभग सबै केटी साथीलाई महिनावारी भइसक्दा आफूलाई भने किन नभएको होला  भनेर  मनमा  खुल्दुली हुन्थ्यो।  साथीहरूको  महिनावारी  अनुभव  सुन्दै  रमाइलो लाग्थ्यो। त्यसैले म पनि आफ्नो पालो कुरेर बसेकी थिएँ।

महिनावारीका कुरा श्रृं’खलाको यो  अंकमा  हामीले  कला कार वर्षा राउतसँग कुराकानी गरेका छौं। महिनावारी  हुँदा आफ्नो घर, समाज र का’र्यक्षेत्रका  अनुभवबारे  सेतोपाटी का अनुषा अधिकारीले वर्षासँग गरेको कुराकानी मेरीछोरी भइन्  भने  महिनावारी  बार्न  लाउँदिनँ  (भिडियो सहित )

 

मेरो  पहिलो  महिनावारी  मेरा  अरू साथीहरू भन्दा ढिलो भएको  थियो। त्यतिबेला  म कक्षा  सातमा  पढ्थेँ। सुरूमा कक्षाका लगभग सबै केटी साथीलाई महिनावारी भइसक्दा आफूलाई भने किन नभएको होला  भनेर  मनमा  खुल्दुली हुन्थ्यो।  साथीहरूको  महिनावारी  अनुभव  सुन्दै  रमाइलो लाग्थ्यो। त्यसैले म पनि आफ्नो पालो कुरेर बसेकी थिएँ।

वैशाखको दोस्रो हप्तातिर थियो, मलाई अचानक आफ्नो शरीरमा अनौठो महशुस भयो। म महिनावारी भएको होस् भनेर सोचिरहेकी थिएँ, नभन्दै भएछु। खै किन हो म निकै उत्साहित थिएँ, मनमा अलिअलि डर पनि लागेको थियो।

महिनावारी  हुने  बित्तिकै  मैले  आफ्नी  मिल्ने  साथीलाई सुनाउन  उसको  घर गएँ। साथीकी आमाले म महिनावारी भएको थाहा पाएपछि त्यहीँ सात दिनसम्म लुकेर बस्नुपर्छ भन्नुभयो। मेरो साथीको पहिलो  महिनावारी हुँदा  उसलाई पनि मेरो घरमा लुकाउन ल्याइएको थियो। सेतो पाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News