काठमाडौं : रुपन्देही स्थित नापी कार्यालयका नापी अधिकृत सरोज श्रेष्ठसहित ५ कर्मचारी १७ लाख घुससहित पक्राउ गरेको छ। अख्तियारले घुस लिदा लिदै सर्भेक्षक तिर्थराम भण्डारी, सर्भेक्षक थानेश्वर चौधरी,

मालपोत कार्यालयका नासु धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा, मतियार राज कुमार अर्याललाई पक्राउ गरेको हो।
उनीहरुले समेतले जग्गाको कित्ताकाटमा सहजीकरण गरिदिने भनि सेवाग्राहीसंग घुस लिएका थिए। उनीहरुलाई बुलटवलले सिद्धार्थ नगरपालिका १३ अशोका होटल नजिकबाट अख्तियारको टोलीले पक्राउ गरेको हो। उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियार प्रदीपकुमार कोइरालाले जानाकरी दिए ।

२ लाख घुससहित वन अधिकृत पक्राउ
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन अधिकृत सन्तमाया श्रेष्ठलाई २ लाखभन्दा बढी घुससहित नियन्त्रणमा लिएको छ।

दुई लाख तीन हजार पाँच सय घुससहित डिभिजन वन कार्यालय दौलखाका कार्यरत डिभिजन वन अधिकृत सन्तमाया श्रेष्ठलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन्।

काठ व्यापारीसँग घुस रकम उठाइ सरकारी गाडीमा दोलखाबाट काठमाडौं आउँदै गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले भक्तपुरको गठ्ठाघर चोकबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News