
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले केही मान्छेहरु ले आफ्नो सत्ता कब्जा गर्ने महत्वाकांक्षा पूरा नहुँदा प्र’तिग मनको हल्ला चलाएको बताएका छन्! शनिबार काठमाडौं मा लोकतन्त्रका योद्धालाई सम्मान गर्न आयोजित कार्यक्र मलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही मान्छेहरुले सत्ता कब्जा गर्नका लागि आफू प्रधानमन्त्री हुन नपाएपछि प्रतिगमन भयो भनेर कराउँदै हिँडेको बताएका हुन् । संवि धान, व्यवस्था र जनताको अधिकार, लोकतन्त्रका मूल्य र मान्यता केही पनि नखोसिएको तर केही मान्छेका इच्छा र आकांक्षा पुरा हुन नसकेकाले त्यस्ता मान्छेहरुले प्र’तिगमन भयो भनेर हल्ला चलाउने काम गरेको बताए ।
अहिलेको व्यवस्था र व्य’वस्था सञ्चालन गर्ने संविधान खोसियो भने मात्रै प्रतिगमन हुने पनि उनले बताए । उनले भने, ‘एकथरी मान्छे आफू प्रधानमन्त्री हुन पाएन भने प्रतिगमन भयो भनेर आँगनमा निस्केर कराउन थाल्छन् । प्रतिगमन भयो भनेर अहिले त्यस्तै केही स्याल हुइँया चला उने मान्छेहरु छन् । के हो प्र’तिगमन भनेको ? यिनीहरुले परिवर्तन नै बुझेको रहेछन् कि क्या हो ? परिवर्तन र उप लब्धीहरु हामीले जे प्राप्त गरेका छौं ती प्राप्त गरेका उपल ब्धीहरु गुमे भने हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्म क व्यवस्था प्रणाली स्थापना गरेका छौं त्यो गुम्यो भने, त्यो व्यवस्थालाई सङ्गठित र सञ्चालन गर्ने संविधान खोसियो भने, अहिले कसैले सं’विधान खोस्या छ र ? सं’विधान खोसिएको छैन । व्य’वस्था खोसिएको छैन, जनताका अधिकार खोसिएको छैन लो’कतन्त्रका आधारभूत मूल्य मान्यता केही तलमाथि पर्यो र ? केही पनि परेन ।’
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले लुटपाट गरेर भएपनि सरकारमा पुग्ने चाहना पूरा नहुँदा प्रतिगमन नहुने बताए । आफूले ध्वस्त पार्न खोज्ने र ध्वस्त पार्न नसकेपछि प्रतिगमनको हल्ला चलाउने काम भएको पनि उनले बताए । उनले भने, ‘केही मान्छेहरूको म’हत्वा कांक्षा पुरा हुन पाएन लुटपाट गरेर लुटेरा तरिकाले सरकार मा पुग्नुपर्ने त्यो कुरा रोकियो त्यसो भएपछि प्र’तिगमन भयो ।
आफुले ध्वस्त पार्न खोज्ने ध्वस्त पार्न सकेन भने प्रतिगमन भयो भनेर हल्ला चलाउने । यस्ता शाब्दिक क्रान्तिकारीहरु नामका वामपन्थी, कामका दक्षिणपन्थी आफ्नै बहुमतको सुदृढ बहुमतको झण्डै दुई तिहाईको सरकार आफुहरुले नै उत्पात सच्चाएर ढाल्ने किनभने सत्ता कब्जा गर्ने, कब्जा गर्नका लागि हिँड्दा हिंडदै कब्जा किला काँटा सबै फुत्कि यो अनि कब्जा गर्ने !कब्जा हुन सकेन भने प्र’तिगमन भयो भन्ने ।’
आफ्नो पार्टी तोडफोड गरेर अर्को पार्टीलाई प्रधानमन्त्री भइदिनुहोस् भन्दै हिँडनेहरुले क्रान्तिका कुरा गर्न नसुहाउने पनि प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले देशका लागि गरिएको बलिदानको सम्मान, त्यागको सम्मा न र अत्यन्त पीडादायक भोगाइको सम्मान गरिएको बताए । सहिद परिवार र घाइतेहरूलाई आगामी दिनमा सरकार को तर्फबाट गर्नुपर्ने कामहरु के के हुन सरकारको ध्याना कर्षण भएको पनि बताए । स्रोत रातो पाटी