डडेल्धुरा : भारतसँग सीमा जोडिएको डडेल्धुराको परशुराम नगरपालिकाका सीमाक्षेत्रमा कोरोना भाइरस कोभीड-१९ संक्रमण जाँच गर्न तथा स्वास्थ्य निगरानीका लागि हेल्थ डेस्क राखिएको छ । सीमाक्षेत्र नाकामा जिल्ला

प्रशासन कार्यालय डडेल्धुरा र स्थानीय सरकार स्वास्थ्य विभाग तथा सुरक्षाकर्मीले निगरानी समेत बढाएको छ । सुदूरपश्चिम क्षेत्र नजिक रहेको भारतको लखनउमा पनि कोरोनाको संक्रमण बढेको खबर बाहिर आएसँगै सिमाक्षेत्रमा कडाइका साथ निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए । कोरोना भाइरसबाट बच्न र जोगिनका लागि डडेलधुरामा रहेका नाकाहरुमा कोभीड-१९ को संक्रमण रोक्न हेल्थ डेस्क स्थापना गरिएको हो । भारतबाट नेपाल भित्रिने यात्रुहरुको स्वास्थ्य परीक्षणका लागि बिहीबारदेखि हेल्थ डेस्क सञ्चालनमा ल्याइएको परशुरामनगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुले बताए । नगरपालिकाको वडा नं ६ तातापानी र वडा नं ५ परिगाउँ नाकामा हेल्थ डेस्कको स्थापना गरेको हो।

हेल्थ डेस्कमा २/२जना स्वास्थ्यकर्मी तथा आवश्यकताअनुसार सुरक्षाकर्मी खटाइएको समेत अधिकृत पनेरुले जानकारी दिए । यसैबीच परशुराम नगरपालिकाको खेल मैदान परशुराम रंग मैदानमा आइसोलेसन वार्ड समेत स्थापना गरिएको छ ।यदि कोही कोरोनाको संकास्पद बिरामी फेला परे उनीहरुका लागि ४देखि ५ शैयाको आइसोलेसन वार्ड स्थापना गरिएको हो ।आवश्यकताअनुसार प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा स्वाथ्यकर्मी परिचालन तथा आइसोलेसन वार्ड आवश्यकताअनुसार थप गर्न सकिने अधिकृत पनेरुले जानकारि दिए ।

हाल तातापानीर परशुराम नाकाबाट दैनिक २ सय जना आहोरदोहोर गर्ने गर्दछन् ।यसअघि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले गत फागुन २२ गते हेल्थ डेस्क स्थापन गर्न स्थानीय तहलाई पत्राचार गरेको भएपनि स्थापना हुन सकेको थिएन ।छिमेकी मुलुक भारतमा ७३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । मृत्यु भने कसैको पनि भएको छैन ।विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिममा राखेको छ ।

यसकारण पनि सीमाक्षेत्रमा हेल्थ डेस्क राखिएको स्वास्थ्यकर्मी बताउँछन् । परशुराम नाकाबाट भएर आउने सर्वसाधारणको स्वास्थ्य चेकजाँच गर्नका लागि हेल्प डेस्क राखिएको भए पनि पहाडी क्षेत्र प्रवेश गर्ने भागेश्वर गाउँपालिकाका छोटी भन्सार र अन्यखुला क्षेत्रकाबारेमा भने चाँडै व्यवस्था हुने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News