काठमाडौं, वैशाख २ गण्डकी प्रदेश सरकार विरू”द्ध विपक्षी दल’हरूले अ’विश्वासको प्रस्ताव ल्याउने भएपछि एकाएक संसद अधिवेसन अन्त्य भएको छ। गत चैत २५ गतेदेखि शुरु भएको संसदको विधान अधिवेसन वैशाख ५ गते बस्ने गरी स्थगित भएको थियो।

‘प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको तयारी भएपछि सरकारले संसद अधि वेसन अन्त्य गरिदिएको हो। कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टी मिलेर बिहिबार नै प्रदेश सभा सचिवालय मा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरू’द्ध अविश्वा सको प्रस्ताव द’र्ता गर्ने तयारी भएको थियो।

‘अविश्वासको प्र’स्ताव दर्ता गर्न विपक्षी दलहरू ले बिहिबार हस्ताक्षर संकलनको तयारी थालेका थिए।५९ सदस्यीय प्रदेश सभामा कांग्रेसका १५ सांसद छन्। प्रदेश संसदीय दलका नेता कृष्ण चन्द्र नेपालीलाई कांग्रेसले मुख्यमन्त्रीका रूपमा अगाडि सारेको थियो।

‘मुख्यमन्त्री गुरूङसँग नेकपा एमालेका २७ सांसद छन्। ५९ सदस्यीय प्रदेश सभामा बहुमत पुर्‍याउन ३० जना चा’हिन्छ।

‘कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चा का २ र जसपाका दुई सांसद मुख्य मन्त्रीगुरूङ विरू”द्ध उभिएका छन्। स्वतन्त्र सांसद राजिव गुरूङ आफैं मुख्य मन्त्री उठ्छु भनिरहेका छन्।

‘गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १ बजेदेखि प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरेको पत्र सभामुख नेत्रनाथ अधिकारी  लाई पठाएका थिए। उक्त पत्र बिहिबार बिहान कार्यालय खुलेपछि प्रदेश सभा सचिवालयमा आइपुगेको प्रदेश सभा सचिव हरिराज पोखरेलले सेतोपाटीलाई जानकारी दिए।                                                                                            “‘अहिले चलिरहेको संसद अधिवेसन अन्त्य भएपछि जेठमा बजेट अधिवेसन आह्वान गर्नुपर्छ।सेतोपाटी।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News