झन्डै दुई  वर्षदेखि  प्र’तिनिधि  सभामा  दर्ता  भई  प्र’क्रिया अगाडि   नबढेको   एमसीसी   सम्झौता   अगाडि  बढाउन सरकारले  पहल  थालेको  छ ।  सरका र र सदनको समेत टकरावको अ’वस्था  बन्दै आएको  सम्झौता  का’र्यसूचीमा अगाडि बढाउन प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले चासो दिएका हुन्।

प्रधानमन्त्री   ओलीले  का’र्यव्यवस्था   प’रामर्श  समितिमा सरकार प्रतिनिधि   कानुन,  न्याय  तथा  संसदीय  मामिला मन्त्रीलाई  का’र्यसूचीमा  अगाडि  बढाउन नि’र्देशन दिएका छन् । प्रधानमन्त्रीको नि’र्देशनअनुसार का’र्यसूचीबारे  सभा मुखसँग परामर्श गर्ने कानुन न्याय  तथा  संसदीय  मामिला मन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए ।

 

पछिल्ला  केही  दिनयता  प्रधानमन्त्री  ओली,  परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपा (एमाले)का सांसद खगराज अधिका रीले समेत एमसीसी अगाडि नबढाइएको  भन्दै  अ’सन्तुष्टि जनाएका  थिए ।  सा’र्वजनिक  मञ्चमा  प्रधानमन्त्री  तथा सदनमा परराष्ट्रमन्त्री तथा सांसदहरूले  उक्त  विषयमा ध्या नाक’र्षण गराउँदै आएका छन् ।

मन्त्री श्रेष्ठले कार्यसूचीबारे सभामुखसँग प’रामर्श गर्न आफू लाई प्रधानमन्त्रीको निर्देशन प्राप्त रहेको  जानकारी दिए । बिहीबार कानुन न्याय तथा मानव अधिकार समितिको बैठ कपछि बाहिरिने क्रममा मन्त्री श्रेष्ठले  भने,  “प्रधानमन्त्रीले अगाडि बढाउने विषय चासो राख्नुभएको छउहाँले अगाडि बढाउन भन्नुभएको छ । प्रधानमन्त्रीको निर्देशनबमोजिम म सभामुखसँग कुरा गर्नेछु

संसद्को बिजनेस तय गर्ने कार्यव्यवस्था परामर्श समितिमा कानुन, न्याय तथा संसदीय  मामिलामन्त्री  सदस्य  हुने  व्य वस्था छ । सरकारका तर्फबाट हुने  बिजनेसको  प्रा’थमिक ता कानुन मन्त्रीसँगको  परामर्शमा  अगाडि  बढ्ने  संसदीय परम्परा छ । स्रोत रातो पाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News