काठमाडौं । विगत एक वर्षदेखि भ्रम’ण भिसामा मलेसि यामा गई स्वदेश नफर्किएका नेपाली यही वैशाख ९   गते बुधबार (२१ अप्रिल) सम्म मलेसिया छाड्नुपर्ने भएको छ ।मलेसिया सरकारले २०२० को जनवरीबाट भिजिट भिसा आफ्नो देश आएका तर भिसा..

‘नवी’करण वा परिवर्त’न नगरेकालाई २१ अप्रिल अर्थात् आगामी बुधबार ९ गतेसम्म देश छोड्न आदेश दिएको हो ।भ्रमण भिसामा मलेसिया गई रोजगारीमा लाग्न नसकेका ले अप्रिल २१ भित्र आफ्नो मुलुक वा कुनै तेस्रो मुलुक गइ सक्नुपर्ने छ ।

‘२१ अप्रि’लसम्म पनि मलेसिया नछोड्नेले मलेसियाको कडा अध्यगमन नियमानुसार का”रबाही   भोग्नुपर्ने छ । मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसियाले भ्र’मणमा जाने विदेशीलाई सुरुमा ९० दिनको भिसा जारी गर्ने गरेको छ ।

‘भ्रम’ण भिसामा  गएका विदेशी स्व’देश नफर्किने को सङ्ख्या बढेपछि मलेसियाले २१ अप्रिल सम्मको अवधि दिएको दू’तावासले जनाएको छ ।  दूतावासका अनुसार उक्त अवधिभित्र स्वदेश फर्किने वा मलेसिया छोडेर अर्को देश जानेलाई मलेसिया अध्यागमनले सामान्य जरिवाना तिराएर सहयोग गर्ने छ तर त्य’सपछि पनि मलेसिया बस्ने लाई भने धेरै जरिवाना तिराउन सक्ने छ ।

‘मलेसियामा रहेको नेपाली दूतावासले राहदानी नभएका  ले दूतावासमा आई ३६० रिङ्गिट तिरेर ट्राभल   डकुमेन्ट बनाउन सकिने जानकारी गराएको छ ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News