काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र  शाहको  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा   भव्य  स्वागत  गर्ने  तयारी  गरिएको  छ  । भारतमा  धा’र्मिक  भ्र’मणबाट  आज  (आइतबार)  फर्कन लाग्नुभएका पूर्वराजा शाह  विमानस्थलमा  उत्रिँदा  उहाँका स’मर्थकहरुले भव्य स्वागतको तयारी गरेका हुन् !मेरो देश

वीर गोर्खाली नामक संस्थाले पूर्वराजा शाहको भव्य तयारी गरेको जनाइएको छ । ‘श्री  ५  महाराजधिराज  सरकारको फिर्ती सवारी भव्य रुपले सफल पारौँ’  भन्ने  नाराका  साथ सबैलाई मोटरसाइकल र्‍यालीमा सहभागी हुन भनिएको छ । आइतबार दिउँसो २ बजेपूर्वराजा शाह भारतबाट  नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।

यता, जनतान्त्रिक  तराई मुक्तिमोर्चा, राष्ट्र बचाऊ अभियान र राष्ट्रिय  नागरिक आन्दोलन–२०७७ ले  पनि  पूर्वराजाको भव्य स्वागत गर्ने भएको छ । पूर्वराजा  शाहको  फिर्तालाई भव्य रुपमा मनाउन भन्दै सर्वसाधारण तथा राजावादी हरू लाई सहभागी हुन आह्वान गरिएको छ ।

भारतको हरिद्वाराको महाकुम्भ मेलामा सहभागी हुन पुग्नु भएका पूर्वराजा शाहलाई त्यहाँ भव्य रुपमा स्वागत  गरिए को थियाे । उहाँलाई  रथ  यात्रा,  हेलिकोप्टरबाट  पुष्पवृष्टि सहित   स्वागत  गरिएको  थियाे  ।  news 24  Nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News