भैरहवा – रुपन्देहीमा घुससहित छ जना पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले नापी कार्यालय रुपन्देहीका नापी अधिकृत सरोज श्रेष्ठसहित ६ जनालाई १७ लाख घुससहित

पक्राउ गरेको हो। जग्गाको कित्ताकाटमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसंग पैसा लिएका श्रेष्ठसहित ६ जनालाई पक्राउ गरिएको अख्तियार बुटवल कार्यालयका प्रवक्ता सुरेश भुषालले बताए। शुक्रबार दिउसो सवा २ बजे सिद्धार्थनगर नगरपालिका वडा नं १३ भैरहवा बसपार्कस्थित अशोका होटल नजिकको एक होटलबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा नापी अधिकृत सरोज श्रेष्ठ, सर्भेक्षक तिर्थराम भण्डारी, सर्भेक्षक थानेश्वर चौधरी त्यस्तै मालपोत कार्यालयका नायब सुब्ब धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा र मतियार राज कुमार अर्यालरहेका छन्। होटलमा रकम बाँडफाँड गर्दै गर्दा उनीहरुको साथबाट नगद १७ लाख रुपैया बरामद गरिएको हो । दिउँसै पक्राउ परेपनि रकम धेरै भएकोले रुजु गर्दा मुचुल्का बनाउदा साँझ मात्र सार्वजनिक गरिएको अख्तियारले जनाएको छ। पक्राउ परेका ६ जनालाई नै थप अनुसन्धानका लागि नियन्त्रणमा राखिएको छ।

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई हजार घुस रकमसहित एक प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ।
ढुंगा, गिट्टी र बालुवा बोक्ने ट्रक तथा टिप्परबाट रकम असुल्लेको आरोपमा अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले हिगुवापार्टी ट्राफिक पोष्ट काभ्रेका प्रहरी जवान तेजप्रसाद भट्टराईलाई दुई हजार घुससहित रंगेहात पक्राउ गरेको हो।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार भट्टराईले सेवाग्राहीसँग सवारी चेकजाँच गर्ने क्रममा मासिक दुई हजार दिनुपर्ने माग गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News