५ वैशाख, काठमाडौं । २०७२  वैशाख  १२  को  भूकम्पले क्ष’तिग्रस्त भएको पुरानो धरहराको ठुटोसँगै नि’र्माण  गरिए को  नयाँ ‘धरहरा’मा  अहिले धमाधम काम चलिहरहेको छ । वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले  उ’द्घाटन गर्ने भएपछि श्र’मिकहरुलाई काम भ्याई-नभ्याई भएको छ ।

नेपाल   पुनर्नि’र्माण   प्रा’धिकरणका  इन्जिनियर  राजुमान मानन्धरका अनुसार प्लास्टर सकाउने, रंग  लगाउने र बत्ती जोड्ने काम भइरहेका छन् गजुर पनि राखिएको छ । धरह राको फेदमा सिँढी बनाउने काम  जारी  नै  छ  । भू’कम्पले ढलेको धरहराको पार्किङ र बगैँचातर्फको काम भने सकिए को छैन ।

वरपरको २९ रोपनीमा विस्तारित रुपमा  सुन्धारालाई  समे टेर पार्क बनाउने सरकारी योजना अनुसार ३ अर्ब ८ करोड लागतमा रमण कन्स्ट्रक्सनले ठेक्का  पाएको  छ  । गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी  जग्गा  खाली  गरेर त्यहाँ पार्क बनाउन लागिएको हो धरहरा  परिसरमा  म्युजि यम,थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेष्टुराँ, पार्कि ङलगायतका सु’विधा हुनेछन् ।

पार्कतर्फ काम नसकिएपछि  भूकम्पले  क्ष’तिग्रस्त  सम्पदा फेरि उभिनु गौरवको विषय भएकाले वैशाख १२  गते अघि नै  उ’द्घाटन  गर्न  लागिएको इन्जिनियर मानन्धरले बताए ।धरहरा बाहिरबाट हेर्दा  पुरानै  डिजाइनमा  बने  पनि  भित्र सुविधासम्पन्न छ । बाहिरबाट ११  तलाको  देखिने  धरहरा को भित्री संरचना २२ तलाको छ १९९० सालको भुइँचालो अघि धरहरा ११ तलाको थियो ।

भुइँचालोले दुई तला भत्किएपछि ९ तलामा सीमित भएको थियो । प्राधिकरणका अनुसार धरहरामा  दुई  तला  अन्डर ग्राउन्ड  बेसमेन्ट  छ । धरहराको  टावरमा  चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट हुनेछ । अहिले  भग्नावशेष  रहेको  असली धरहराको भागलाई  सिसाले  ढाकेर  सं’रक्षण  गरेर  राख्ने योजना छ । अहिले भने सिसाभित्र हालिएको छैन । स्रोत अन्लाईन खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News