
काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र संसदका विषयमा गरेको टिप्प णीको कडा प्रतिवाद गर्नुभएको छ । नेपाल पत्रकार महा संघको नव नि’र्वाचित ने’तृत्वको पदस्थापन का’र्यक्रममा सभामुख सापकोटाले सं’विधान र मुलुकको रा’ष्ट्रियको रक्षार्थ अघि बढ्न खोज्दा घेराबन्दी भएको बताउनुभयो ।
प्रतिनिधिसभा र यसको नेतृत्वमाथि अनेक खालका टिप्प णी भइरहेको भन्दै सभामुख सापकोटाले आपत्ति जनाउनु भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक मञ्च र सर्वदलीय बैठकमा अमेरिकी सहयोग परियोजना एम सीसीसँगको सम्झौता सभामुख सापकोटाले रोकेर असं वैधानिक काम गरेको आरोप लगाएपछि सभामुख सापको टाको प्रतिक्रिया आएको हो ।
प्रधानमन्त्री ओली र एमसीसीको नामै नलिई सभामुख सापकोटाले कसैको दबाबमा काम नगर्ने प्रष्ट पार्नुभयो । त्यसका लागि आफू जुनसुकै चुनौती सामना गर्न र त्याग गर्न तयार रहेको भनेर प्रधानमन्त्रीलाई चुनौती दिनुभयो ।
प्रधानमन्त्रीसँग पेचिलो संघर्ष चलिरहेको संकेत गर्दै सभा मुख सापकोटाले यो सं’घर्ष लोकतान्त्रिक मूल्य मान्यताका लागि भएको बताउनुभयो ।
सभामुख सापकोटाले सभामुख तटस्थ बसेर नि’र्णय गरोस् भन्ने चाहना राख्नेभन्दा पनि आफ्नो पक्षमा काम गरोस् भन्नेहरू रहेको भन्दै असहमति जनाउनुभयो । सभामुख सापकोटाको पछिल्लो अभिव्यक्तिले प्रधानमन्त्रीले दबाब दिए पनि एमसीसी संसदमा सहज पेश नहुने संकेत गरेको छ !