‘६ वैशाख, काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासा ले मंगल ग्रहमा सानो एयरक्राफ्ट उडाउन सफल भएको छ ।इनजेनिटी नामको उक्त ड्रोनयुक्त हेलिकप्टर हावामा एक मिनेटभन्दा पनि कम समय उडेको छ, तर नासाले यसलाई ठूलो उपलब्धि मानेका छन् ।

‘योसँगै पृथ्वीबाहेक अन्‍य ग्रहमा उड्‍ने इनजेनिटी पहिलो यान बनेको नासाले जनाएको छ ।  नासाका अनुसार यो कुनै अर्को दुनियाँको  ए’यरक्राफ्टद्वारा   सञ्‍चालित तथा नि’य’न्त्रित गरिएको पहिलो उडान हो । यसको पुष्टि मंगल ग्रहको एक उपग्रह जसले हेलिकप्टरको डेटालाई पृथ्वीमा पठाएको थियो ।

आगामी दिनमा योभन्दा श’क्तिशाली र साहसिक उडान हुने नासाले आशा व्यक्त गरेको छ ।  नासाका  अनुसार टेक्नोलोजीको सीमालाई अ’नु’सन्धान गर्ने   इन्जिनियर हरुले चेकजाँच गरिसकेपछि अब इनजेनिटीलाई   थप उचाइको उडानका लागि निर्देशन दिनेछन् । ‘

‘अब हामीले भन्न सक्छौ कि मानिसले कुनै अर्को ग्रहमा एउटा रोटरक्राफ्ट उडाएका छौं,’ नासा जेट प्रोपल्शन लेबो रेटरीमा इनजेनिटीका प्रोजेक्ट म्यानेजर मिमी आङ्गले भने, ‘अब यसलाई रियालिटीमा उतार्ने ठूलो अवसर दिए को छ ।

‘‘यता, मंगल ग्रहमा हावामा उड्न निक्कै कठिन छ । किनकि त्यहाँको वायुमण्डल धेरै पातलो छ, जुन पृथ्वी   को वायुमण्डलको एक प्रतिशत मात्रै हो ।लिफ्ट पाउन  को लागि रोटरक्राफ्टको ब्लेडलाई धेरै बल लगाउनुपर्छ ।

‘इनजेनिटीलाई धेरै हलुका बनाएर त्यो ब्लेडलाई २,५०० चक्कर प्रतिमिनेटभन्दा पनि बढी घुम्‍ने श:क्ति दिनु परेको नासाले जनाएको छतर अब शुरुवाती सफलतासँगै अर्को संसारलाई पत्ता लगाउने तरिका पनि बदल्‍न सक्‍ने नासाले आशा लिएको छ ।

‘नि:कट भविष्‍यमा आउने रोबर्सको लागि ड्रोनको उपयोग हुन सक्छ । यतिसम्‍म मंगल ग्रहमा पुगेपछि अन्तरिक्ष यात्री पनि यसको प्रयोग गर्न सक्‍नेछन्।यतिमात्र होइन नासाले पहिल्‍यैदेखि शनिको सबैभन्दा ठूलो उपग्रह टाइटनको लागि हेलिकोप्टर मि’स’नलाई स्वीकृति दिइसकेको छ ।

‘उक्त मि’स’नको नाम नासाले ड्र्यागनफ्लाई राखेको छ। उक्त उपग्रह टाइटनमा सन् २०३० को दशकको मध्यतिर पुग्‍ने लक्ष्य नासाले राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News