महोत्तरीका४० वर्षीय अरूणकुमार चौधरी काठमाडौं बाग बजारमा ज्योतिद्विप नामक एजुकेसन कन्सल्टेन्सी  चलाउँ थे। उनले यो कन्सल्टेन्सी  सन्  २००६  देखि  चलाइरहेका छन्।पुतलीसडक बस्ने उनी आफ्नो कन्सल्टेन्सीबाट निजी स्कुलमा विद्यार्थी पठाउने, कन्ट्याक्ट गराउने गर्थे।  कहिले काहीँ नेपाल मेडिकल काउन्सिलका फारम भरिदिने गरेको पनि उनको स्वीकारोक्ति छ।

कमिसन लिएर निजी  स्कुलमा  विद्यार्थीब पठाउने- सम्पर्क गराइदिने चौधरी एसएलसीको नक्कली  सर्टिफिकेट बनाए को आरोपमा सोमबार पक्राउ परेका  छन्।  त्यसरी  उनको कन्सल्टेन्सीबाट एसएलसीको सर्टिफिकेटमा नम्बर सच्याए र बंगलादेश पुगेका भने  डाक्टर  भएर  मात्रै  आइसकेनन्, चार  जनाले  त  नेपाल  मेडिकल काउन्सिलबाट चिकित्सा पेशाको प्रमाण-पत्र पनि लिइसकेका छन्।

उनीहरू हुन् –  २८  वर्षीय  मोहम्मद  सिद्धिक,  २९  वर्षीय सुभासप्रसाद साह, २८ वर्षीय  मोहम्मद साहिद राजा र ३१ वर्षीय दीपेन्द्र गौतम।सिद्धिक विराटनगरस्थित  न्युरो  अस्प ताल, साह जनकपुरस्थित चिल्ड्रेन अस्पताल, राजा दी’र्घायु अस्पताल, चाबहिल र  गौतम  रूकुम  प’श्चिमको  चौरझरी मिसन अस्पतालमा काम गर्थे।

प्रहरीका अनुसार उनीहरू नक्कली एसएलसी  सर्टिफिकेट पेशेरै  आइएस्सी  पढे । आइएस्सीपछि  एमबिबिएस पढ्न बंगलादेश गए। एसएलसी प्रमाण-पत्रबारे  खुले  पनि  आइ एस्सी प्रमाण-पत्र कहाँबाट लिएचौधरीले उनीहरूलाई ६-७ वर्ष पहिले नै एसएलसीको नक्कली प्रमाण-पत्र  बनाइदिए को भने प्रारम्भिक अनुसन्धानबाट देखिन्छ।

ब्युरोले यी चार जनाबाहेक विराटनगरबाट  प’क्राउ  परेका सप्तरीका ३१ वर्षीय  अखिलेशकुमार देव, महोत्तरीकी २७ वर्षीया पल्लवी  सिंह  र  ललितपुर  सानेपाका  २९  वर्षीय फराज हुसेन खाँ  पनि  एसएलसीको  नक्कली  सर्टिफेकेट बनाएरै डाक्टर पढेका हुन्। पल्लवी अहिले किष्ट  मेडिकल कलेजमा एमबिबिएस अन्तिम वर्ष अध्ययनरत् छिन्।

एमबिबिएस अध्ययन पूरा गर्न ५ वर्ष लाग्छ ।  सो  प्र’माण-पत्रका आधारमा नेपाल मेडिकल काउन्सिलबाट चिकित्सा पेशाको अनुमति पत्र लिन पनि कम्तीमा एक  वर्ष  लाग्छ ।उनीहरू  कहिलेदेखि  ती  अस्पतालमा काम गर्थे भन्ने पनि खुल्न बाँकी छ,’  केन्द्रीय  अनुसन्धान  ब्युरोका  अधिकारी हरू भन्छन्, ‘हामी अहिले अनुसन्धानकै क्रममा छौं।’

ब्युरोले यी चार जनाबाहेक  विराटनगरबाट  प’क्राउ  परेका सप्तरीका ३१ वर्षीय अखिलेशकुमार देव, महोत्तरीकी  २७ वर्षीया पल्लवी सिंह  र   ललितपुर  सानेपाका  २९  वर्षीय फराज हुसेन  खाँ पनि  एसएलसीको  नक्कली  सर्टिफेकेट बनाएरै डाक्टर प ढेका हुन्।पल्लवी अहिले किष्ट  मेडिकल कलेजमा एमबिबिएस अन्तिम वर्ष अध्ययनरत् छिन् ।  यी  सबैलाई प्रहरीले आइतबार विभिन्न ठाउँमा पुगेर पक्राउ गरे को थियो।

पल्लवीबाहेक  ६  जना  बंगलादेशबाट  एमबिबिएस  पढेर आएका हुन्।उनीहरूले त्यहाँको कुन विश्वविद्यालयबाट एम बिबिएस पढेका हुन् भन्ने पनि खुल्ने क्रममै रहेको  ब्युरोका निर्देशक डिआइजी सहकुलबहादुर थापाको दाबी छ। अहि लेलाई हामीले उनीहरूले किर्ते गरेर बनाएको नक्कली एस एलसी सर्टिफिकेट मात्रै  पहिचान  गरिसकेका छौं,’ थापाले भने, ‘बाँकी कुरा विस्तारै खुल्दै जानेछ।’

उनका अनुसार यीमध्ये कसले  कहाँ  आइएस्सी  पढे  भन्ने पनि अनुसन्धानमै छ।एमबिबिएस गर्नुअघि आइएस्सी पास हुनुपर्छ। त्यही आइएस्सी पढ्न पनि एलएलसीमा ‍ आवश्य क प्राप्ताङक (जिपिए) चाहिन्छ। पक्राउ परेकासँग एलएल सीको त्यो जिपिए थिएन र जिपिए पुर्‍याउन किर्ते गरे  भन्ने दाबी ब्युरोको छ।

ब्युरो निर्देशक थापाका अनुसार केही  डाक्टरहरूबारे ब्युरो मा गुनासो थियो। त्यही गुनासोका आधारमा  केही  मानिस हरूको एसएलसी सर्टिफिकेट प्र’माणीकरण गर्न  थालियो।बंगलादेशमा एमबिबिएस पढ्नका लागि उनीहरूले  नेपाल मेडिकल काउन्सिलबाट अनुमति पत्र लिएका थिए। ब्युरोले काउन्सिलमा पेश भएको एसएलसी प्रमाण पत्र माग्यो।

बंगलादेशमा एमबिबिएस पढ्नका लागि उनीहरूले  नेपाल मेडिकल काउन्सिलबाट अनुमति पत्र लिएका थिए। ब्युरोले काउन्सिलमा पेश भएको एसएलसी प्रमाण पत्र माग्यो। ती प्र’माण  पत्र रा’ष्ट्रिय प’रीक्षा बोर्डमा प्र’माणीकरणका लागि पठाइयो। प’क्राउ परेकाले  काउन्सिलमा  पेश  गरेको  एस एलसी सर्टिफिकेट र प’रीक्षा नि’यन्त्रण का’र्यालयमा रहेको प्रमाण-पत्रमा फरक पाइयो।

यसरी एसएलसी प्रमाण -पत्र  नक्कली  रहेको  पाइएपछि, हामीले डाक्टरहरूलाई प’क्राउ गर्‍यौं र  उनीहरूको  भनाइ का  आधारमा  बागबजारबाट  कन्सल्टेन्सी सञ्चालकलाई समात्न सकियो,’ थापाले भने। यी  व्यक्तिहरूले आइएस्सी कहाँ पढे या त्यो पनि नक्कली बनाए  भन्नेतर्फ  पनि  आशं का रहेको थापा बताउँछन्।पक्राउ परेकालाई सरकारी छाप दस्तखत किर्ते र आवश्यकताअनुसार  ठगी  मु’द्दा  चलाउने प्रहरीको तयारी छ।

उनीहरूलाई सोमबार  नै  जिल्ला  अदालत  काठमाडौंबाट थुनामा  राख्ने  अनुमति  लिइएको  छ । आफ्नै  संस्थाबाट चिकित्सा  पेशाको  प्र’माण पत्र लिएका डाक्टरको एसएल सी सर्टिफिकेट नक्कली रहेको थाहा  पाएपछि  काउन्सिल ले पनि उनीहरूबारे अध्ययन थालेको छ। ‘कसको के रहेछ हामी हेर्छौं, त्रुटि देखिएकाको डाक्टरी पद नि’लम्बन हुन्छ,’ काउन्सिलका प्र’वक्ता कृष्ण अधिकारीले भने।

यसअघि चार दर्जन डाक्टरलाई  प्रहरीले  आइएस्सी  नक्क ली सर्टिफिकेट रहेको आरोपमा पक्राउ गरी मुद्दा  चलाएको थियो। तर, धेरैको मुद्दा  स्थापित  हुन  नसकेपछि  अदालत बाट छुटेका थिए।सं’विधानत: अदालतबाट अन्तिम आदेश नआउञ्जेलसम्म यसरी पक्राउ परेका कसैलाई  पनि  पेशा बाट विमुख गराउन भने सकिन्न। पु’र्पक्षका लागि कारागार गए यस्ता डाक्टरले थुनाबाटै मुद्दा लड्छन्। धरौटी वा  तारे खमा छुटे उनीहरू पेशामा फर्केर मुद्दा लड्न पाउँछन्।स्रोत सेतो पाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News