काठमाडौं,६  वैशाख ।  नेपाली  काँग्रेसका  महामन्त्री  डा. शशांक कोइरालाले  प्रधानमन्त्री केपी शर्मा  ओलीको  ने’तृ त्वको सरकारले चुनाव गराएमा काँग्रेस समाप्त  भएर जाने बताएका छन् । उनले ओलीलाई जतिसक्दो छिटो  सरकार बाट हटाउनुपर्नेमा जोड दिए  ।यो  सरकारले  चुनाव  गराए हामी धेरै समाप्त भएर जान्छौं,’

नेविसंघको ५२ औं  स्थापना  दिवसमा  राजधानीमा  आयो जित का’र्यक्रममा डा.  कोइरालाले  भने, ‘यो   सरकारलाई अपदस्थ गर्नुपर्छ ।’कोइरालाले काँग्रेस सभापति शेरबहादुर देउवाको नामै लिएर छिटो ओली सरकारलाई  ढाल्न कदम चाल्न आग्रह गरे ।  उनले  भने,‘ फ्लोर  क्रस  गरेर  आएमा हाम्रो ने’तृत्वको सरकार बन्छ, फ्लोर क्रसिङ्ग हुने सम्भावना छ ।’

यो पनि: काठमाडौं, ६ बैशाख नेकपा (एमाले) दशौं रा’ष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक स्थगित् भएको छ अर्को बैठक यही बैशाख १० गते बस्नेछ बैठकमा सहभागी नेताहरुको अनुसार आजको बैठकमा  अध्यक्ष  केपी  शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

बैठकमा सम्बोधन गर्ने क्र’ममा  प्रधानमन्त्री  ओली  माधव कुमार नेपालसँग खनिएका थिए । उनले कर्णाली  प्रदेशमा माधव  नेपाल  पक्षले  गैरसंसदीय  अभ्यास गरेको आ’रोप लगाएका थिए उनले माधव नेपालसहित नेताहरुलाई  कार बाही गर्ने चेतावनी दिएका थिए ।

उता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डमाथि पनि ओली खनिएका थिए । उनले अबको चुनावमा प्रचण्ड र माधव  नेपाललाई  जनताले पराजित गर्ने दाबी गरेका थिए । ReportersNepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News