
‘काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदलाई चौतर्फी घेराबन्दीमा पारिएको आरोप लगाएका छन्। संसद राष्ट्रहितको पक्षमा उभिदा घेराबन्दी र दबाबमा पार्ने काम हुँदै आएको बताएका हुन्।आइतबार नेपाल पत्र कार महासंघको नवनिर्वाचित केन्द्रीय
‘कार्यसमितिको पद हस्तान्तरण कार्यक्रममा सापकोटाले संसदलाई जिवन्त, जनमुखी बनाउन खोज्दा र संविधान को पक्षमा उभिदा घेरबन्दी भोग्नु परेको दाबी गरेका हुन्। “उनले भने, ‘जब संसदलाई जिवन्त र जनमुखी बनाउँदै संविधानको रक्षाका लागि दृढतापूर्वक अघि बढ्न सुरु गर्यो।
‘राष्ट्रिय हितको संरक्षण गर्न अघि बढ्यो त्यहीबाट संघीय संसदमा माथि चौतर्फी घेराबन्दी भयो, भइरहेको छ।’शनि बार प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठकमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट पारित गराउनुपर्ने प्रस्ताव राखेका थिए।
‘संसदबाट एमसीसी पारित गराउन सभामुख सापकोटा सकारात्मक छैनन्। माओवादी केन्द्रले पनि परिमार्जसहित पारित हुुनुपर्ने बताउँदै आएको छ। अमेरिकाको ५५ अर्ब सहयोग रहने उक्त सम्झौता अनुमोदनका लागि संसदमा दर्ता भएको दुई वर्ष भइसक्दा पनि पारित हुन सकेको छैन।
‘सम्झौता अनुमोदन गर्नुपर्ने र नपर्ने पक्षमा राजनीतिक शक्ति विभाजित छ।ओलीले सभामुका कारण एमसीसी पारित हुन नसकेको उल्लेख गर्दै मंगलबार बस्ने बैठकमा उक्त सम्झौता निर्णायर्थ पेश हुनुपर्ने अन्यथा सभामुकै विकल्प खोज्न सकिनेसम्मको चेतावनी दिएका थिए।
‘प्रधानमन्त्रीको भनाइप्रति आपत्ति जनाउँदै सभामुख सापकोटाले पत्रकार महासंघको मञ्चमार्फत एमसीसी प्रति आफ्नो अडान दोहोर्याएका हुन्। प्रधानमन्त्री ओलीसँग निरन्तर मतभेद खेप्दै आएका सापकोटाले यसलाई व्यक्तिगत टकरावका रुपमा लिन नहुने र सत्य को बाहिर आएर छाड्ने जिकिर गरे।
‘भयानाक भ्रमको अन्त्य हुन्छ। अहिले बहस भइरहेको, यो व्यक्ति व्यक्तिबीचको होइन, लोकतान्त्रिक मूल्य मान्य ता सँग सम्बन्धित छ, सभामुख सापकोटाले अगाडि भने, ‘मलाई यति धेरै दृढ विश्वास छ कि धेरै मान्छेलाई केही समय भ्रममा पार्न सकिन्छ, केही मान्छेलाई सधै भ्रममा पार्न सकिन्छ।
‘तर धेरै मान्छेलाई सधैँ भ्रममा पार्न सकिँदैन।उनले आफूले जे गरेको छु ठीक गरेको र भविष्यमा पनि यसलाई निरन्तर ता दिने अडान व्यक्त गरे।‘भन्नेले भन्छन्, मलाई वास्ता छैन म अघि बढेर गरेको छु। मैंले जे गरेको छु देश र जनताको हितका लागि काम गरेको छु। कहीँले कहीँ नजानेर गल्ती भयो होला तर जानेर गरेको छैन।
‘उनले एमसीसी पारित गराउन आएको दबाब प्रति लक्षित गर्दै त्यसबाट विचलित नहुने उल्लेख गरे। स्वतन्त्रता र निष्पक्षता पूर्वक आफ्नो काम गर्ने उनेको भनाइ थियो। सभामुख सापकोटाले कार्यक्रममा जनताले २७५ जना सांसदमार्फत व्यक्त गरेको सार्वभौमिकताको अधिकार खास खास समयमा सभामुखमा केन्द्रित हुने दाबीसमेत गरे।
‘स्वतन्त्रता पूर्वक काम गर्नुपर्छ। कसैको दबाब र प्रभाव मा परेको छैन। पर्दिन, विकेक अनुसार अघि बढेको छु, सभामुख सापकोटाले थप भने, ‘२७५ जनालाई जनाले दिएको सार्वभौम अधिकार खास खास बेलमा सभामुख मा केन्द्रित हुन्छ।
‘सभामुखले आफ्नो पक्षमा काम गराउन दबाबसमेत आइरहेको खुलास गरे। ‘मेरो पक्षमा काम गरोस् भन्ने अन्तरनिहित भावना पाउँछु। म पुरै निष्ठाका साथ काम गर्दछु। मेरो विवेक अनुसार काम गर्छु।
‘उनले विवेकअुनसार काम गर्दा आइपर्ने जस्तो सुकै परिस्थितिको सामना गर्न तयार रहेको चुनौती दिए। सापकोटाले भने, ‘जस्तो सुकै परिस्थितिको सामाना गर्नुपर्छ मलाई थाहा छ। मेरो ब्रम्ह्ले देखेको काम गर्छु।
‘विश्वका ५० भन्दा बढी देशमा लागू भएको एमसीसी परियोजना नेपालमा नक्कल हुन नसक्ने उनको ठोकुवा थियो। सापकोटाले सम्बाधेनको अन्तिममा भने, ‘नेपाल नेपाल नै हो। यहाँ अरु देशको नक्कल लागू हुन सक्दैन। जो सुकै सीमामा पुग्यो भने त्यसलाई जनाले तह लगाए को इतिहास हामीसँग छ।”