काठमाडौं : १२ दिन लामो उपचारपछि बालुवाटार पुगेका प्रधानमन्त्री ओलीलाई पिता मोहनप्रसाद ओलीले स्वागत गरेका छन्। फागुन १९ गते महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका ओलीको २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको हो। शुक्रबार साँझ डिस्चार्ज

भएका ओलीलाई सिधै सरकारी निवास वालुवाटार लगिएको थियो।बालुवाटारमा निवासमा ओलीलाई उनका पिताले स्वागत गरेपछि अ‍ोलीले शिर झुकाएपछि मोहनप्रसादले आर्शिवाद दिएका छन्।‘निवास फर्कँदा प्रधानमन्त्रीज्यूलाई पिताजीको स्वागत’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमा लेखेका छन्। थापाले तस्बिरसमेत सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। पहिलो पटक २०६४ सालमा भारतमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले ६९ वर्षको उमेरमा स्वदेशमै दोस्रो पटक फागुन २१ गते मिर्गौला प्रत्यारोपण गराएका हुन्। मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वास्थ्य लाभ गर्दै ओली शुक्रबार साँझ डिस्चार्ज भएका हुन्। प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको हेरचार बालुवाटारमा निजी चिकित्सक र नर्सले गर्ने बताइएको छ। ओलीलाई उनकी भाञ्जी ३० वर्षीया समीक्षा संग्रौलाले मिर्गौला दिएकी हुन्। समीक्षा भने पूर्ण स्वास्थ्य लाभ गर्दै फागुन २८ गते डिस्चार्ज भएकी थिइन्।

स्थगित भयो आईपीएल
मुम्बई : विश्वभर फैलिएको नोवल कोरोना भाइरसको सन्त्रासका कारण भारतमा आयोजना हुने इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वेन्टी क्रिकेट प्रतियोगिता स्थगित भएको छ। प्रतियोगिताको १३औं संस्करण मार्च २९ तारिखदेखि सुरु हुने कार्यक्रम थियो। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले शुक्रबार प्रतियोगिता तत्कालका लागि स्थगित गर्ने निर्णय लिएको हो।बीसीसीआईका अनुसार आगामी अप्रिल १५ तारिखसम्मका लागि प्रतियोगिता स्थगित गरिएको हो। छोटो समयमै विश्वव्यापी रूपमा कोरोना भाइरसको संक्रमण फैलिएपछि आईपीएलको विषयमा अन्योल बढेको थियो। प्रतियोगिताको मिति नजिकिँदै गएपछि बीसीसीआईका अध्यक्ष सौरभ गांगुली र सचिव जय शाहसहित सम्बद्घ अधिकारीहरूको बैठकले यस्तो निर्णय लिएको हो।

कोरोना भाइरसको सन्त्रासका कारण विश्वभर थुप्रै प्रतियोगिता यसअघि नै स्थगित भइसकेका छन्। विश्वभर बास्केटबल, फुटबललगायत थुप्रै खेलका खेलाडीहरू पनि कोरोना भाइरसबाट संक्रमित भएका छन्। बीसीसीआईले पनि आईपीएल अप्रिल १५ तारिखसम्मका लागि स्थगित भएको समाचारको पुष्टि गरेको छ। अप्रिल १५ पछि कोरोना भाइरस संक्रमणको अवस्था हेरेर अर्को निर्णय लिइने बताइएको छ। भारतमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। केही क्रिकेट अधिकारीहरूले आईपीएल बन्द रंगशालामा खेलाउनु उपयुक्त हुने धारणा पनि राखेका थिए।

तर, बीसीसीआईले तत्कालका लागि प्रतियोगिता स्थगित गर्नु नै उपयुक्त विकल्प रहेको निष्कर्ष निकाल्यो। चीनबाट सुरु भएर विश्वका एक सय १८ देशमा फैलिएको कोरोना भाइरसका कारण हाल एक लाख २५ हजारभन्दा बढी व्यक्ति संक्रमित छन्। कोरोना भाइरसका कारण हालसम्म विश्वभर चार हजार ६ सयभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News