काठमाडौं । लगभग पुनर्निर्माण सकिएको २२ तले धर हरामा गजुर स्थापना गरिएको छ। पुरानै गजुर मर्मत गरी बाहिर सुनको जलप लगाएर धरहराको टु’प्पोमा राखिएको हो ।गत आइतबार गजुर राखिएको धरहरामा आज २२ औँ तलामा शि’वलि’ङ्ग राखिएको छ।

‘पुरानै शिव लिंग’लाई आज विशेष पूजा गरेर स्थापना गरिएको छ।२०७२ वैशाख १२ को भूकम्पमा भत्किएको धरहरा पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ। प्रधान मन्त्री केपी शर्मा ओलीले यही वैशाख ११ गते धरहरा उद्घा टन गर्दैछन्। स’र्वसाधारणका लागि केही समयपछि मात्र खुला गरिनेछ।

करिब ३ अर्ब ४८ करोड अनुमानित लागतमा निर्माणाधीन धरहरा निर्माण ठेक्का जिआइटीसी रमन जेभीले २०७५ असोज १४ गते पाएको थियो।

‘डबल बेसमेन्टको धरहरा टावर, करिब ३ सय हाराहारी क्षमता भएको ट्रि’पल बेसमेन्ट पा’र्कि ङ, भूकम्प संग्रहा लय र क्याफेटेरिया गरी धरहरा निर्माणलाई चार भागमा विभाजन गरिएको छ। भूकम्पले भत्काएको धरहराको भग्ना’वशेषलाई भने सिसाले छोपेर नयाँ धरहरा छेवैमा राखिएको छ।

‘पुनर्निर्मित धरहराको कुल उचाइ ८० मिटर छ। यसलाई पुरानै संरचनामा निर्माण गरिएको हो। बीसौं तलाबाट काठमाडौंको दृश्यावलोकन गर्ने व्यवस्था मिलाइएको छ। बाइसौं तलामा भने पुरानै शिवलिं’ग स्थापना भएको छ।

‘तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले विसं १८८१ मा बनाएको धरहरा १९९० को भूकम्पले ढलाएको थियो। सुरुमा ११ तला रहेको धरहरा लाई १९९२ मा तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले ९ तलाको रहनेगरी पुनर्निर्माण गराएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News