
चीनबाटसन् २०१९ को डिसेम्बरमा सुरु भएको कोरोना भाइरस महामारीले वि’श्वलाई अझैपनि आ’क्रान्त बनाइरहे को छ । तर चीन स्वयंले भने कोभिड १९ लाई सबैभन्दा पहिले नियन्त्रणमा लिइसकेको छ । यद्यपि, अहिले चीनमा कोरोना सं’क्रमणको समस्या खासै नभएपनि यसैसँग सम्बन्धित फरक खालको समस्या खडा भएको छ
चीनमा मानिसहरु कोरोना भाइरस वि’रुद्धको भ्याक्सिन लगाउन डराइरहेका छन् । जसका कारण चीन सरकारले मानिसहरुलाई कोभिड भ्याक्सिन लगाउनका लागि उत्प्रे रित गर्न वा लोभ्याउन अनौठो खालको अफरको घो’षणा गरेको छ ।खोप अभियानलाई तिव्रता दिनका लागि चीन सरकारले विभिन्न खालका प्रो’त्साहनको घो’षणा गरेको हो ।
जस अ’न्तर्गत नि’शुल्क रुपमा अण्डा वितरण देखि खाद्या न्नका सामानमा छुट र पसलका कुपन प्रदान गर्ने जस्ता योजना सामेल छन् ।यहीँ अफरसँगै चीनले अहिले दैनिक लाखौँ मानिसलाई कोरोना वि’रुद्धको खोप दिइरहेको छ । गत २६ मार्चसम्ममा चीनमा ६१ लाखले कोरोना वि’रुद्धको खोप लिइसकेका थिए ।
आगामी जून महिनासम्ममा ५६ करोड मानिसलाई भ्या क्सिन लगाउने योजना चीनको छ ! आम मानिसलाई खोप लगाउन उत्प्रेरित गर्नका लागि सरकारले जुन अफर दिइर हेको छ, त्यसको प्रचार पनि गरिरहेको छ । बेइजिंगको एक मन्दिरले त कोरोना भ्याक्सिन लगाएको प्र’माणपत्र देखाएपछि आगन्तुकलाई मन्दिरभित्र निशुल्क प्र’वेश दिने नि’र्णय गरेको छ ।
कोरोना खोप लगाउनेलाई निशुल्क अण्डा उ’पलब्धगराउने सरकारी अफरका विषयमा विज्ञापन समेत प्र’सारण हुने गरेका छन् । त्यसमध्ये एक विज्ञापनमा भनिएको छ राम्रो समाचार । कोरोना वि’रुद्धको खोपको पहिलो डोज लगाए का ६० वर्ष वा सो भन्दा माथिका व्यक्तिहरु अढाई किलो अण्डा प्राप्त गर्न योग्य छन् ।
विज्ञहरुका अनुसार सरकारले महामारी नि’यन्त्रण गर्न सफल भएकोमा चिनियाहरु ढुक्क छन् । जसका का’रण उनीहरु भ्याकिसन लगाउन खासै उत्साहित छैनन् । तथा पि चीन सरकारले खोप अभियानलाई दिन प्र’तिदिन सस क्त बनाउनका लागि आ’वश्यक कदम उठाइरहेको छ स्रोत अन्लाईन खबर