काठमाडौ । नेकपा–एमालेले माधव कुमार नेपाल सहित २७ जनालाई कार’वा’हीका लागि भन्दै स्पष्टिकरण  पत्र पठाएपछि एमालेकी केन्द्रीय सदस्य तथा सांसद रामकु -मारी झाँक्रीले प्रतिकृया जनाएकी छन् । आफुलाई पार्टी ले कारबाही गरे अदालत जाने चे’तावनी दिएकी छन् ।’

‘उनले मंगलवार माधव नेपाल समुहका नेतालाई ओली पक्षकले कारवाहीको पत्र लेखेको थाहा पाएपछि यस्तो चेतावनी दिएकी हुन् ।“आफुहरु कुनै पनि हालतमा पार्टी नछोड्ने तर कारवाही गरे त्यस विरुद्ध अदालत जाने चेतावनी झाँक्रीले दिएकी छन् ।’

‘जसरी संसद विघटन गर्ने प्रधानमन्त्रीको निर्णय विरु’द्ध अदालत गएर सच्चाइएको थियो त्यसरी नै का’र’वाहीको निर्णय सच्याउन पनि अदालत जाने उनको तर्क छ ।’

‘अदालत त जान्छौं किनभने प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदम पनि हामीले अदालतबाटै बदर गराएका हौं,’ उनले मंगलबार सञ्चारकर्मीसँग भनिन्।’

‘ओलीले संसद विघटन गर्दा त्यसविरुद्ध अदालत गएर सँच्याएको बताउँदै अहिले आफूहरुमाथि कारबाही गरे त्यसविरु’द्ध पनि अदालत जाने उनले बताइन्। उनले ओलीको कदमलाई अवैधानिक भन्दै आफुहरु राजनीतिक, वैधानिक र कानूनी ल डा ई ल ड् ने उनले बताइन्।’

‘पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालसहित २७ संघीय संसद र कर्णाली प्रदेशका ५ जना सांसदलाई आजै स्पष्टीकरण सोधेको छ।

‘स्पष्टीकरण सोधिएपछि नेपालपक्षीय सांसदहरु आकस्मिक रुपमा बानेश्वरमा भेला भएका छन् । नेपालले आफु निकट नेताहरुलाई बोलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News