
काठमाडौं,८ बैशाख । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । हिजोमात्रै अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र झलनाथ खनालसहित प्र’तिनिधि सभाका २७ सांसद र कर्णाली प्र’देशका ५ जना सांसदलाई स्प’ष्टीकरण सोधेका थिए । अध्यक्ष ओलीले ‘तपाईहरुलाई किन कारबाही नगर्ने ?’ भन्दै स्पष्टीकरण सोधेका थिए ।
उनले दुई दिनभित्र लिखित जवाफ पेश गर्न र पार्टीमा फर्किन चेतावनीसमेत दिएका थिए । लगत्तै, नेपाल पक्षधर सांसदहरु आन्तरिक छलफलमा जुटेका थिए । उनीहरुले ओलीले सोधेको स्प’ष्टीकरणको जवाफ व्यक्तिगत रुपमा दिने निश्कर्ष निकालेका थिए । र, नेपाल पक्षले आ’वश्यक परे कानूनी प्र’क्रियामा पनि जाने बताईसकेको छ ।
अध्यक्ष ओली आक्रामक रुपमा प्रस्तुत भएका छन् । कति पयले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउन लागेको र उक्त प्रस्तावमा नेपाल पक्षधर सांसदहरुले कर्णा लीमाजस्तै फ्लोर क्रस गर्ने सूचना पाएकोले माधव नेपाल पक्षधर सांसदहरुलाई कारबाही गर्न स्पष्टीकरण सोधिएको पनि टिप्पणी गरेका छन् ।
यही सेरोफेरोमा माधव नेपाल पक्षधर सांसद योगेश भट्ट राईले आज प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेको खुलेको छ स्रोतकाअनुसार बालुवाटारमा भएको करिब एक घ’ण्टा को भेटवार्तामा सांसद भट्टर्राले का’रबाही नगर्न र पार्टी एक ताबद्ध बनाएर लैजान आग्रह गरेका थिए । उता, माधव नेपाल पक्षधर स्थायी कमिटी सद’स्यहरुको बैठक भने बाने श्वरमा जारी छ !उनीहरु आजै अदालत जाने तयारीमा छन् ।ReportersNepal