
‘काठमाडौं। पछिल्यो समय यूट्युवको ट्रेन्डिङमा रहेका बाल कलाकार सचिन परियारको बारेमा प्रेस काउन्सिलका कार्यबहाक अध्यक्ष गोपाल बुढाथोकीले युट्युबरहरुले बाल मस्तिष्कमा असर पर्ने खाले भिडियो सामग्री अपलोड गरेर पैसा कमाउने खेल भइरहेको बताए ।’
‘सचिनलाई उनको आमासँग भेट गराउन राम्रो पक्ष हो तर विना सम्पादन गरेर सार्वजनिक गर्दा बालमस्तिष्क मा कस्तो असर पर्छ, त्यो कुरालाई ख्याल नगरी जस्ता को त्यस्तै सार्वजनिक गर्नु आपत्ति हो ।’ ‘सामाजिक सञ्जालमा विभिन्न खाले समाजमा अपाच्य, श्रीमान्–श्रीमतीको झगडादेखि लिएर
‘प्र,हरीको सट्टा आफै विभिन्न कार्यालयहरुमा बुम र क्यामे रा बोकेर गुण्डा शैलीमा प्रवेश गर्दै धम्क्याउने गतिविधि आएको छ ।’‘यस्तो गतिविधि पत्रकार आचारसंहिताभित्र नपर्ने बुढाथोकीले बताए ।
‘डलर कमाउने आशमा यस्तै खालको अपाच्य सामग्री सार्वजनिक भइरहे भने युट्युवको खोती बन्द हुन सक्ने चेतावनी समेत दिए ।’ कतिपय युट्युवरहरुले खुलेरै प्रशंसा गर्ने खालका भिडियो सामग्री निर्माण गरेका छन् भने केही युट्युवरले भने समाजमा अपाच्य खालका भिडियो बनाएर सार्वजनिक गरिरहेका छन् ।
‘त्यस्तै हातमा बुम र क्यामेरा बोकेर पत्रकारिता हुँदैन, पत्रकारिताको आचारसंहितासमेत पालना गर्नुपर्ने उन को भनाई थियो ।’‘लालिगुराँस डटकमले काउन्सिलका अध्यक्षसँग गरिएको कुराकानीको भिडियो तल हेर्नुहोला…