काठमाडौं । काठमाडौं लगायतका सहरमा ग्यासको हाहाकार देखिए पनि नेपालमा भित्रिने ग्यासको आयात भने अहिलेसम्मकै उच्च देखिएको छ । नेपाल आयल निगमले दिएको जानकारी अनुसार पछिल्लो चार दिन(शुक्रबारसम्म) मा मात्रै पाँच वटा नाकाबाट ४ सय

८१ बुलेट ग्यास नेपाल भित्रिएको छ । निगमकाअनुसार एक बुलेट ग्यासबाट करिब आठ हजार ५ सय वटा सिलिण्डर भर्न पुग्छ । निगमकाअनुसार चार दिनमा भित्रिएको ग्यासका बुलेटबाट करिब ४० लाख ८८ हजार ग्यासका सिलिण्डर भर्न सकिन्छ । कुन भन्सारबाट कहिले कति ग्यास भित्रियो ?वीरगञ्जबाट दुई दिनमा २ सय १० बुलेट, विराटनगर भन्सारबाट चार दिनमा ६६ बुलेट, भैरहवा भन्सार भन्सार कार्यालय भएर तीन दिनमा १ यस ५३ बुलेट, नेपालगञ्ज भन्सार भएर तीन दिनमा ३० बुलेट र काँकडभिट्टा नाका भएर तीन दिनमा २२ बुलेट ग्यास आयात भएको नेपाल आयल निगमले जनाएको छ ।
वीरगञ्ज भन्सार
वीरगञ्ज भन्सार नाका भएर दुई दिनमा २१० बुलेट ग्यास नेपाल भित्रिएको आयल निगमले जनाएको छ । वीरगञ्ज नाकाबाट फागुन २९ गते ९२ बुलेट भित्रिएको थियो, जसमध्ये काठमाडौंका लागि ४० र अन्यत्र ५२ बुलेट ग्यास पठाइएको थियो । यस्तै फागुन ३० गते ११८ बुलेट भित्रिएकोमा काठमाडौंका लागि ५१ र अन्यत्रका लागि ५७ बुलेट पठाइएको निगमले जनाएको छ ।

बिराटनगर भन्सार
बिराटनगर भन्सार नाका भएर पछिल्लो चार दिनमा ६६ बुलेट ग्यास भित्रिएको छ । फागुन २६ गते ३६, २८ गते ११, २९ गते ५ र ३० गते १४ बुलेट ग्यास भित्रिएको निगमले जनाएको छ । जसमा सुगम कम्पनीको ८, कोसीको २९, पि्रमाको १०, मारुतीको १४ र रिजाल गयास उद्योगको ५ बुलेट रहेको निगमले जनाएको छ ।
भैरहवा भन्सार
भैरहवा भन्सार नाका भएर तीन दिनमा १५३ बुलेट ग्यास भन्सार पास भएर नेपाल भित्रिएको निगमले जनाएको छ । फागुन ८ गते २५, २९ गते १६ र ३० गते २५ बुलेट ग्यास भन्सार पास भएको थियो ।

नेपालगञ्ज भन्सार
तीन दिनमा नेपालगञ्ज भन्सार नाका भएर ३० बुलेट ग्यास नेपाल भित्रिएको छ । निगमकाअनुसार २८ गते जम्मा ११ बुलेट ग्यास यो नाकाबाट आएको थियो जसमा भेरी ग्यास उद्योगको सात, मनकामनाको तीन र राप्ती ग्यास उद्योगको एउटा बुलेट थियो ।बिहीबार २९ गते ६ बुलेट ग्यास यो नाका भएर भित्रिएको छ जसमा भेरी र राप्तीका ३-३ बुलेट छन् । यस्तै ३० गते यो नाकाभएर १३ बुलेट ग्यास नेपाल भित्रिएका छन् जसमा भेरीको ९ र मनकामना ग्यास उद्योगको ४ बुलेट रहेको निगमले जनाएको छ ।

काँकडभिट्टा भन्सार
झापाको काँकडभिट्टा नाका भएर तीन दिनमा २२ बुलेट ग्यास भित्रिएको निगमले जनाएको छ । २७ गते चार बुलेट ग्यास सो नाका भएर भित्रिएको थियो । जसमा मेची ग्यास उद्योगको एक, र कन्काईको ३ बुलेट थियो । यस्तै २८ गते पराजुली ग्यास उद्योगको मात्रै ६ बुलेट भन्सार पास भएको थियो । २९ गते मेचीको ४, पाथीभराको एक र कन्काईको ४ बुलेट गरी जम्मा ९ बुलेट ग्यास भित्रिएको थियो । ३० गते मेचीको २ र पाथीभराको एउटा बुलेट ग्यास नेपाल भित्रिएको छ ।

कुल आयातको ७० प्रतिशत काठमाडौं केन्द्रित
काठमाडौंमा ग्यासको माग अत्यधिक भएपछि तत्कालका लागि कुल आयातको ७० प्रतिशत काठमाडौं केन्दि्रत गरेको नेपाल आयल निगमले जनाएको छ । निगमका कार्यकारी प्रमुख सुरेन्द्र कुमार पौडेलका अनुसार काठमाडौंमा रित्तो सिलिण्डर देखाउन थालिएपछि काठमाडौं केन्द्रित आपूर्ति बढाइएको हो ।
भारतबाट आयात निरन्तर रहे पनि ग्राहकको त्रासलाई चिर्न र आपूर्ति सहज छ भन्ने सुनिश्चिततता प्रदान गर्न काठमाडौंलाई पहिलो प्राथमिकतामा राखिएको उनले बताए ।

करिब एक सातामा काठमाडौंको त्रास कम भएपछि अन्य शहरमा पनि प्रशस्त मात्रामा ग्यास आपूर्ति बढाउन निगम लागिपरेको उनले बताए । ‘अहिलेसम्मकै धेरै ग्यास मुलुकमा आयात भएकाले ग्यास प्रशस्त मात्रामा उपलब्ध हुन्छ, ग्राहक आत्तिनु पर्दैन,’ पौडेलले भने ।नेपालमा मासिक कुल ३८ लाख मेटि्रकटन ग्यास खपत रहे पनि निगमले यसलाई बढाएर मासिक ५० लाख मेटि्रकटन पुर्‍याइएको कार्यकारी प्रमुख पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News