काठमाडौँ । धादिङका हिमेस पन्तले ‘कमेडी चेम्पियन’को उपाधि चुमेका छन् । नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’मा उनले दुई जना प्रतिस्पर्धीलाई पछि पार्दै कमेडी चेम्पियनको उपाधि हात पार्न सफल भएका हुन् । कान्तिपुर टेलिभिजन

बाट प्रशारित रियालिटी शो कमेडी च्याम्पियनको उपाधिसँगै उनले २५ लाख नगद र कार पुरस्कार हात पारेका छन । कोरोना भाइरस संक्रमणका कारण नेपाल सरकारले भिडभाड हुने कुनै पनि गतिविधि नगर्न आग्रह गरेपछि आयोजक टीमले च्यासलस्थित आफ्नै स्टुडियोमा ग्राण्ड फिनाले कार्यक्रम गरेको हो ।ग्रान्ड फिनालेमा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त रहेका थिए । सुमन र खड्गबहादुर वाइल्ड कार्ड इन्ट्रीबाट सो’मा पुनः प्रवेश गरेका प्रतिस्पर्धी हुन् ।‘कमेडी च्याम्पियन’ विशाल भण्डारीले निर्देशन गरेका हुन् भने विभिन्न रियालिटो शो को सञ्चालन गर्दै आएकी रिमा विश्वकर्माले सञ्चालन गरेकी छन् । ‘कमेडी च्याम्पियन’मा मनोज गजुरेल, सन्तोष पन्त, ऋचा शर्मा र प्रदीप भट्टराई निर्णायक रहेका थिए ।

रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो संस्करणको उपाधि हिमेश पन्तले जितेका छन् ।शनिबार काठमाडौंमा भएको ग्रान्ड फिनालेमा भोटिङका आधारमा हिमेश उत्कृष्ट घोषित भएका हुन् ।उनले २५ लाख रुपैयाँ नगद र एउटा कार पाएका छन्। कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रशारण भएको फिनालेमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले विजेता घोषणा गरेका थिए।

धादिङका हिमेश युट्युबबाट परिचित भइसकेका प्रतिभा हुन्। उनले बनाएको र खेलेको छोटा हास्य भिडियोले लाखौं भ्युज पाएका छन्। उनले ‘कमेडी सर्कल’ नामक प्लेटफर्ममा पनि नियमित स्ट्यान्डप–कमेडी गरेका थिए।शोको फाइनलिस्टमा सुमन कोइराला र खड्गबहादुर पुनमगर पनि थिए।

विशाल भण्डारीले निर्देशन र निर्माण गरेको ‘कमेडी च्याम्पियन’को निर्णायक मण्डलमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा थिए। भण्डारीले यसअघि नै दोस्रो संस्करणको घोषणा गरिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News