९ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच होटल मेरियट मा भेटवार्ता जारी छ ।  हिजो  साँझ  दुई  घण्टा  बढी  कुरा कानी  गरेका  ओली र नेपाल बीच अहिले पनि एक्लाएक्लै भेटवार्ता भइरहेको हो । भिडियो अन्तिममा राखिएको छ !

भेटका  क्र’ममा  होटलबाटै  धरहराको   अवलोकन  गरेको तस्वीर प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य  थापाले सार्वजनिक गरेका  छन् । ‘… भेटघाट  कक्षको  झ्यालबाट सुन्धारामा नवनिर्मित  धरहराको  दृश्यावलोकन  गर्नु  हुँदै’, थापाले लेखेका छन् ।होटलबाट ओली र नेपालले  गरे  धर हराको अवलोकन

यो पनि: वैशाख, काठमाडौं । नेकपा एमालेका व’रिष्ठ नेता माधवकुमार   नेपालले  आफूले  नयाँ  पार्टी  खोलेको  भन्नु आपत्तिजनक भएको बताएका  छन्  ।पार्टी  अध्यक्ष  केपी शर्मा  ओलीले  सोधेको  स्प’ष्टीकरणको  जवाफ  दिँदै नेता नेपालले आफूले पार्टीको राजनीतिक प्र’तिवेदन, विधान र नियमवलीविरुद्ध भएका कामकारबाही सच्याउन मात्र माग गरेका बताएका छन् ।

उनले अघि लेखेका छन्, ‘मैले उठाएको आवाजलाई तपाईं ले ‘आपराधिक ’ देख्नु  आफैंमा  पार्टीविरुद्ध  आपराधिक’ चिन्तन होइन र ? पार्टीको  इतिहास,  सिद्धान्त,  कार्यक्रम, नीति र विधिको रक्षार्थ तपाईले  फागुन २८ गते  गर्नुभएको पार्टी विधान विपरितको निर्णय  रद्द गर्र्ने  माग गर्दा ‘अलग पार्टी खोलेको’ भन्नु आपत्तिजनक एवं हास्यास्पद छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News