गुप्सीपाखा,गोरखा — धार्चे गाउँपालिका–४  लाप्राकस्थित गुप्सीपाखामा भूकम्प  पी’डितका  लागि  बनेको ए’कीकृत नमुना बस्ती हस्तान्तरण गरिएको छ  बिहीबार  राष्ट्रिय  पुन निर्माण प्राधिकरणका प्रमुख का’र्यकारी अ’धिकृत  सुशिल ज्ञवाली    र   लगैरआवासीय  नेपाली  संघ  एनआरएनए  का अध्यक्ष कुमार पन्तले संयुक्त रुपमा बस्ती हस्तान्तरण गरे ।

बस्ती हस्तान्तरण समारोहमा भाग लिन चारवटा  हेलिकप्ट रमा पुनःनिर्माण प्राधिकरण र एनआरएनएका प्रमुख  तथा प्रतिनिधि  बिहीबार  गुप्सीपाखा  आएका  थिए  । स्थानीय डम्बर सिं गुरुङलाई लालपुर्जा  वितरणसँगै  बस्ती  हस्तान्त रण गरिएको हो । राष्ट्रिय पुनःनिर्माण  प्राधिकरण, तत्काली न शहरी विकास मन्त्रालय र गैरआवासीय नेपाली संघबीच सम्झौता भएर २०७३ वैशाख १२ बाट लाप्राक  बस्ती  पुन निर्माण सुरु भएको थियो ।

बस्ती पुनःनिर्माण सुरु भएको झण्डै पाँच वर्षपछि  लाप्राक बासीले नयाँ घर पाएका हुन् । गुप्सीपाखामा पाँच सय  ७३ घर निर्माण भएसँगै बस्ती आ’कर्षक  बनेको  छ  । नि’र्माण सम्पन्‍न भएको  घरमा भूकम्प  पीडित  पनि  सर्न  थालेका छन् । २० भन्दा बढी घरधुरी गुप्सीपाखा बस्तीमा  सरिसके को धार्चे गाउँपालिका–४  का  वडा  अध्यक्ष  राज  गुरुङले बताए ।

लाप्राकस्थित गुप्सीपाखा बस्तीका लागि  मात्र  ६१  करोड ४० लाख २८ हजार तीन सय १५  रुपैयाँ खर्च भएको  एन आरएनएले जनाएको छ । उक्त  रकममध्ये ५७ करोड  ६६ लाख ४ हजार आठ सय ३६  रुपैयाँ  बस्ती  पुनः निर्माणमा मात्र खर्च भएको छ ।एकदेखि डेढ वर्षमै बस्ती पुनःनिर्माण सक्ने योजना रहेपनि वर्षा र  हिउँ  पर्दा  ढिला  भएको  गैर आवासीय नेपाली संघ (एनआरएनए)  का  अध्यक्ष  कुमार पन्तले बताए ।

ढिलै भएपनि सुन्दर बस्ती बनाएर  हस्तान्तरण  गरेको  उन को भनाइ छ । गुप्सी पाखालाई पूर्वाधारयुक्त बस्ती बनाउने पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशि ल ज्ञवालीले  बताए ।  खानेपानी,  ढल ,नाली  तथा  पहिरो नि’यन्त्रण  लगायतका  काम  गर्ने  योजना अघि बढिरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News