
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो, अ) नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ, ब्यापारमा पनि घाटा सहनु पर्ला । मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ । जागिरमा भने सजक रहनु होला । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ !आर्थिक लाभ हुनेछ । मान सम्मान पनि पाउन सकिन्छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू, वे, वो) चल अचल सम्पत्तिको कारोवार हुनेछ । वैवाहिक जीवन सुखी हुनेछ । पाहुनाको आगमन होला । प्रेम र मित्रताको बन्धन कसिने दिन छ । विभिन्न सहयोग र उपहार पाइनेछ । यात्राको पनि योग रहेको छ । काम बन्नाले मन रमाउने छ गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापारिक वा दैनिक काम सन्तोषजनक रुपमा सम्पन्न हुनेछन् । विदेशबाट पैसा पनि प्राप्त होला । परोपकारकारका क्षेत्रमा मन आ’कर्षित हुनेछ । मिष्ठान्न भोजनको अवसर आउने छ भने मित्रजन सँग पनि भेटघाट होला ! व्यापारबाट राम्रै आम्दानी हुन सक्छ !नसोचेको काम बन्नेछ । प्रियसाथीसँग पनि भेटघाट होला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खर्च बढ्ने, विबाद बढ्ने तथा शत्रुले सताउने योग छ एकदमै सजक रहनु होला । भौतिक साधनको क्षतिले अ’नावश्यक धन नाश होला । सवारी साधन चलाउँदा विचार पुर्याएर मात्र चलाउनु होला । खानामा सचेत रहनु पर्ने दिन छ । अनावश्यक झमेलामा परिएला । यात्राको क्रममा सावधान रहनु होला ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । प्र’यत्न गरेका काम ढिलै भए पनि सफल हुनेछ, दिन रमाइलै छ । आज तपाइको धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला । ठूला ब्यक्तिसँग पनि भेटघाट हुन सक्छ । काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । अन्न लाभ होला, अनौठो खबर सुन्न पाइएला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आज तपाइको धन लाभ को योग छ नयाँ साथीसँग चिनजान हुने र रमाइलो यात्रा को पनि योग रहेको छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ पुराना कामहरु आज नै सम्पन्न हुन सक्ने दिन रहेको छ । आयआर्जन हुने दिन छ यात्राको सं’भावना छ । नउठ्ने पैसा उठेर मनमा कता कता हर्ष छाउनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) नयाँ काम पाउने योग छ धन मनग्य कमाउने अवसर मिल्नेछ । कृषिको कामबाट वि’शेष लाभ होला । आज कुनै पनि नयाँ काम नथाल्नु होला, टाढाको यात्रा हुने दिन छ लेनदेको काम पनि नगरे कै बेश होला । घरमा पाहुना आगमनको दिन छ, धनको लाभ होला । साथै रमाइलो यात्राको पनि योग रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो, या, यी, यू) व्यर्थको खर्च होला । स्वास्थ्यमा गडबडीको सम्भावना छ । खानामा एकदमै सजक रहनु होला । स्वास्थ्यका लागि खानामा ध्यान पुर्या उनुहोला । धनको नाश हुन सक्छ । साथै , प्रेममा पनि धोका होला । सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने समय छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । साथै, मनमा केहि दुविधा पनि रहला । काममा सोचे जस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । मन हर्षित रहला । आहार विहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ।स्वस्थ्य कमजोर छ, सोचेको काम समयमै सम्प न्न नहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा, गी) खर्च भन्दा कमाई नै बढी हुनेछ !धन आर्जनका नयाँ बाटा खुल्ने छन् । वैदेशिक क्षेत्रको लगानी फाइदै होला । कृषि क्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ । पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढनेछ । माता पितासँगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)कामहरु सजिलैसँग बन्ने छन् ।कामको इच्छा शक्ति पनि बढ्नेछ पढाइमा पनि केहि वृद्धि हुने देखिन्छ । विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । काम गर्नमा थप जाँगर थपिने देखिन्छ । पैसा कमाउने योग छ । पारिवारिक सुख मिल्ने दिन छ भने ब्यापारमा पनि फाइदाकै योग रहेको देखिन्छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) वादविवादको सामना गर्नु पर्ला । पेशागत रुपमा समस्या देखिन सक्छ, घर परिवार मा केही मनमुटाव होला । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ तर, सफलता भने प्राप्त हुने छैन समयको नाश होला । मनमा उदासिन्ता बढ्ने, काममा अवरोध सिर्जना गर्नेहरु सकृय हुनेछन् । विश्वास गरेकाले धोका दिनेछन् ।