१० वैशाख, काठमाडौं । नेकपा  एमालेका  उपाध्यक्ष  बाम देव  गौतमले  डिनर  मिटिङको  क्रममा  अध्यक्ष केपी शर्मा ओलीलाई साथ नदिने जवाफ फ’र्काएको गौतमको सचिवा लयले जनाएको छ ।गौतमले  ओलीसँग  भएको कुराकानी को अंश फेसबुकमार्फत् सार्वजनिक  गर्दै  गत  फागुन  २८ गते गरिएका निर्णय  फिर्ता  नभएसम्म  साथ नदिने जवाफ दिएको जानकारी दिएका हुन् ।

गौतमले आफ्ना प्रेस सल्लाहकार विश्वमणि सुवेदीको फेस बुकमार्फत् सार्वजनिक  गरेको  कुराकानीको  अंशअनुसार खाना खाने क्रम चल्दाचल्दै गौतम  बालुवाटारबाट  फर्किए का थिए ।विहीबार बेलुकी आठ बजे  ओली  र  गौतमबीच डिनर मिटिङ भएको थियो । प्रधानमन्त्री निवास बालुवाटा रमा भएको मिटिङमा ओलीले गौतमलाई पार्टीको काममा फर्किन अनुरोध गरेका थिए ।

तर गौतमले गत फागुन २८ गते ओलीले गरेका अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरेका थिए, जसलाई ओलीले नकारेका थिए । त्यसपछि गौतमले ‘त्यसो भए  म तपाईंसँग आउन पनि  सक्दिन’ भनेर विदा  भएका  थिए । ‘डिनर चल्दै थियो नमस्कार  गरेर म  विदा  भएँ,’  गौतमले भनेका छन् ।

यो पनि: १० वैशाख, काठमाडौं  ।  नेकपा  एमालेको  महा धिवेशन आयोजक समितिको बैठक  बस्दै  छ  बैठक  शुक्र बार  बिहान  ११  बजे  प्रधानमन्त्री  निवास   बालुवाटारमा बोलाइएको छ प्रधानमन्त्री तथा  पार्टी  अध्यक्ष  केपी  शर्मा ओलीको कार्यशैलीको वि’रोध  गर्दै आएको  माधव  नेपाल पक्षसँग एक्लाएक्लै छलफल गरेपछि बोलाइएको महाधिवे शन आयोजक समितिको बैठकले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ ।

आजको बैठकबाट ओलीले  नेपाल  पक्षका  केही  नेताहरु लाई कारबाहीको निर्णय गर्न  सक्ने अनुमान छ । यसअघि वैशाख ६ गते  बसेको  महाधिवेशन  आयोजक  समितिको बैठक  नेपाल  पक्षले  बहिस्कार गरेको थियो । सो बैठकले नेपाल पक्षका २७ सांसदहरूलाई  पदबाट  किन  नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

पार्टी अनुशासन विपरीत गुटबन्दी गरेको आरोप ओली समू हले नेपाल समूहलाई लगाउँदै  आएको  छ ।  यही  बीचमा कर्णाली प्रदेशसभामा पार्टीको ह्वीप  उ’ल्लंघन  गरेर  माओ वादी  केन्द्र  ने’तृत्वको सरकार जोगाइदिएपछि ओली  झन् रुष्ट भएका छन् बालुवाटार बैठकबाट फ्लोर क्रस गर्ने  नेता हरुलाई कारबाहीको निर्णय हुन सक्ने एक  नेताले बताए ।

महाधिवेशन  आयोजक  समितिको  बैठक  अघि ओलीले वरिष्ठ नेता माधव  कुमार नेपालसँग नक्शालस्थित मेरियट होटलमा दुई दिनसम्म छलफल  गरेका थिए त र सो  छल फल पनि नि’ष्कर्षविहीन भएको  थियो । स्रोत  अन्लाईन खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News