बैतडी, ५ फागुन । १० वर्षीया सविता, नौ वर्षीया सुनिता र पाँच वर्षीया र मिला एकैपरि वार का टुहुरा दिदीबहिनी हुन् । फुसले छाएको घर भत्किने अवस्थामा पुगेको छ भने खाने अन्न छैन । भोकले छ’टपटाउँदा उनीहरू माटो खा न्छन् ।’

‘जिउमा फाटेको एकसरो लुगाबाहेक राति ओढ्ने–  ओ छ्याउने थप कपडा छैन । दिउँसो घाम तापेर र राति आगो बालेर बस्ने गरेका छन् । यो कुनै चलचित्रको कथा जस्तो लाग्ने पीडा बैतडीको सिगास गाउँपालिका–८, न्वादेउका तीन जना टुहुरा द’लित बालिकाको हो ।’

‘विपन्न द’लित परिवारमा जन्मेका तीन दिदीबहिनी विद्या लय पनि जाँदैनन् । बुबा शालिभान नेपालीको   उपचार अभावमा तीन वर्षअघि मृ’त्यु भयो । रो गी आमा अन्नपात माग्दै गाउँ डुल्न जान्छिन् ‘

‘गाउँमा अन्नपात माग्न गएकी आमा फर्किन ढिलो भएपछि पाँच वर्षीया कान्छी छोरी र मिलाले भोक थाम्न नसक्दा माटो खाने गरेको उनकी दिदी सविता नेपालीले सुनाइन् ।’

‘दलित भएकै कारण अन्य समुदायका मानिसले बालिका लाई घरभित्र लैजान अ’प्ठ्या’रो मान्ने गरेका छन् । कहिले काहीँ एक÷दुई गाँस खान दिए पनि सहारा दिन चाहिँ कोही अघि सरेका छैनन् ।’

‘पोहोर साल फुसले छाएको घर भ’त्केपछि आफ्नै पहलमा मर्मत गरि दिएको स्थानीय गोरे बोहराले बताए । कपडा सिलाएर बालबच्चा पाल्दै आएका शालिभानको मृ’त्युपछि परिवार को बिचल्ली भएको बोहरा बताउँछन् ।’

‘जग्गा जमिन केही छैन । आमाले गाउँगाउँ डुलेर मागेको अन्नले कहिलेकाहीँ छाक टार्ने गरेका छन् । उनी पनि काम गर्न सक्ने अवस्थामा छैनन् । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News