काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घन गर्ने लगायत अन्य सेवाग्राहीलाई सम्मानको लागि ‘नमस्कार’अभियान सुरु गरेको छ । ट्राफिक नियम उल्लंघन गर्ने चालक र सहचालकलाई चिट काट्ने गरेको

ठाउँमा अब कारवाही गर्नुभन्दा पहिले नमस्कार गर्ने महानगरीय ट्राफिक महाशाले जनाएको छ । ‘ट्राफिक कार्यालय र ट्राफिक प्रहरीको सम्पर्कमा आउने सबै नागरिकलाई नमस्कार शब्द प्रयोग गरी दुवै हात जोडेर आपसमा आत्मीयता र सम्मानसमेत प्रकट होस् भनेर नमस्कार सुरू गरेका हौं’, महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले भने,‘नेपालीको परम्परा नै हो, नयाँ कुरो होइन तर यसलाई पुनर्जागरण गर्न सके एकआपसमा श्रद्धासमेत बढ्नेछ ।’ यो काम वैज्ञानिक दृष्टिले समेत उपयुक्त रहेको उनको भनाइ छ । यसैबीच, महाशाखाले कानुन कार्यान्वयनलाई भने कडाइका साथ अपनाइरहेको छ ।

‘गल्ती रियलाइज होस्, अब गल्ती गर्न हुँदैन भन्ने भाव बुझुन् भनेर यो अभियान सुरु गरेका हौँ,’ महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले भने, ‘यसले सवारी चालक र ट्राफिक प्रहरीबीच एक-आपसमा सद्भाव बढ्नुको साथै चालकलाई स्व-अनुशासनमा सवारी साधन चलाउन मद्दत पुग्छ ।

‘त्रिवि परीक्षा सर्दैन, तयारी गर्नु’

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले यसअघि तालिका निर्धारण गरेको परीक्षा तोकिएकै मितिमा सञ्चालन गर्ने भएको छ । कोरोना भाइरस संक्रमणको कारणले परीक्षा सर्ने हल्ला चलेपछि त्रिविले यस्तो निर्णय गरेको हो ।

त्रिवि उपकुलपति कार्यालयले सोमबार उपत्यकाभित्रका आंगिक क्याम्पसका प्रमुख तथा अन्य पदाधिकारीलाई बोलाएर परीक्षाको तयारीबारे छलफल गरेको थियो । छलफलमा तत्काल कोरोना भाइरसको खतरा देखाउँदै परीक्षा स्थगित गर्न नपर्ने तर परीक्षाको समयमा भाइरसको संक्रमणबाट जोगिने उपायबारे सतर्क हुन परीक्षार्थीलाई अनुरोध गर्ने निर्णय भएको छ ।छलफलमा सहभागी रत्नराजयलक्ष्मी क्याम्पसका विद्यार्थी कल्याण तथा खेलकुद शाखा प्रमुख देवीप्रसाद घिमीरेले भने, ‘अहिले नै परीक्षा सार्नुपर्ने अवस्था छैन भन्ने विषयमा सहभागीको राय रह्यो । तर परिस्थति प्रतिकुल हुँदै गयो भने जतिखेर पनि निर्णय गर्ने विषयमा छलफल भएको छ ।’

त्रिविले स्नातकोत्तर तह पहिलो वर्षको परीक्षाको मिति चैत सात गतेदेखि तोकेको छ । त्यस्तै चैत ९ गतेबाटै एक वर्षे बीएडको परीक्षा तालिका सार्वजनिक भइसकेको छ । एलएलबी दोस्रो वर्षको परीक्षा चैत १४ गतेबाट सञ्चालन हुने तालिका यसअघि नै सार्वजनिक भइसकेको छ । चैत २७ गतेबाट अन्य तहको पनि परीक्षा सञ्चालनको तालिका तयार भएको पनिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News