काठमाण्डौं ।रुख चढेर क्रिकेट हेर्ने नेपाली दर्शक देखेर नेद”रल्याण्डका बेन कपुर “आश्चर्य चकित, यसरी गरे तारिफ। काठमाडौंमा अहिले त्रिकोणात्मक टी-२० सिरिज क्रिकेट चलिरहेको छ । यहि गत शनिबार देखि सुरु भएको सिरिजमा सुरुको तीन दिन दर्शकसहितको खेल भएको थियो ।

“तर सरकारको पछिल्लो निर्णयपछि मंगलबार देखि भने दर्शकलाई खेल हेर्न प्रवेश निषेध गरिएको छ । मंगलबार नेपालले नेदरल्याण्ड्ससंग खेल्दा दर्शकलाई नै प्रवेन गर्न दिइएन ।मन्त्रिपरिषदको सोमबार बसेको बैठकको निर्णय अनुसार दर्शक सहित खेलकुद गतिविधि पनि गर्न नपाउने  निर्णय गरेपछि ।

मंगलबार त्रिवि क्रिकेट मैदानमा नेपालल दर्शकविनै खेल्यो पहिलो खेलमा करिब ५ हजार दर्शकको अगाडि नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको थियो ।तर मंगलबार पहिलोपटक घरेलु मैदानमा दर्शकविना खेल्दा नेपाल नेदर ल्याण्ड सँग ३ वि”केटले परा”जित भयो। ने’पालले दिएको २०७ रनको लक्ष्य ।

नेदरल्याण्ड्सले ३ बल अगावै ७ विकेट गुमाएर पूरा गरेको “हो । उक्त खेलमा बास डे लिड र बेन कुपरले अ”र्धशतक प्रहार गरे। उनै बेन कुपरले नेपाली दर्शकको खे’लप्रतिको लगावको तारिफ गरेका छन् ।”उनले ट्वीटरमा मैदान मा दर्शक प्रवेश निषेध गरे  त्यसले खेल हेर्न नरोकेको उल्लेख गरेका छन् ।

मैदानमा दर्शकलाई प्रवेश निषेध गरिएको छ तर त्यसले नेपाली दर्शकलाई रोक्न सकेन । विशुद्ध समर्पण जसले देखाउँछ कि उनीहरुलाई आफ्नो क्रिकेट र आफ्नो टिम कति महत्वपूर्ण छ ’कुपरले नेपाली क्रिकेटर पारस खड्का ले पोष्ट गरेको फोटोलाई रिट्विट गर्दै लेखेका छन्।

मैदान भित्र गएर खेल हेर्न निषेध गरिए ता पनि दर्शकलाई प्रत्यक्ष खेल हेर्न कसैले रोक्न सकेन टीयू मैदानको पर्खाल बाहिर बसेर,रुखमा बसेर दर्शकले खेल हेर्दै नेपाली टोली को समर्थन गरे । उनीहरुले पनि आफ्नो प्रिय टिमको खेल छुटाउन सकेनन् ।

यस्तै आयरल्याण्डका पुर्व क्रिकेटर इयान जोन्सनले बाहिर बाट खेल हेरिरहेको दर्शकको स्क्रिनसट ट्वीट गर्दै क्लोज डोरमा खेल्दाको सम्मान भनेका छन् । ‘जहाँ इच्छा त्यहाँ उपाए’ भन्दै लेखेका छन् । सिरिज अन्तर्गत नै आज नेदर ल्याण्ड्स र मलेसियाबीच खेल हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News