नेपालले बजाज पल्सर त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्रा ष्ट्रिय श‌ृंखलाको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध   पहिला ब्याटिङ गर्ने भएको छ । नेदरल्यान्ड्सले टस जितेर नेपाल लाई पहिला ब्याटिङमा बोलाएको हो ।राउन्ड रोबिन लिग मा नेपालले ४ मध्येको ३ खेल जितेको थियो।’

‘नेदरल्यान्ड्सले २ मा विजय र एकमा पराजय भोगेको थियो। मलेसियासँग लिगको आफ्नो अन्तिम    खेलमा नेदरल्यान्ड्सले ‘टाई’ नतिजा निकालेको थियो। राउन्ड रोबिनमा नेपाल र नेदरल्यान्ड्सले एक अर्काविरुद्ध १–१ खेल जितेका थिए। नेपालले पहिलो खेलमा नेदरल्यान्ड्स लाई ९ विकेटले पराजित गरेको थियो।’

‘अर्को खेलमा नेपालले छाडेको २ सय ७ रनको  लक्ष्य नेदरल्यान्ड्सले २ सय ९ रन बनाउँदै  ट्वान्टी-२० अन्त र्राष्ट्रियमा आफ्नो सबैभन्दा ठूलो रन पछ्याउने कीर्तिमान बनाएको थियो।नेपालले सुशन भारीको स्थानमा अविनाश बोहरालाई प्लेइङ ११ मा राखेको छ।’

‘यो संगै नेपाली टोलीमा ४ तीब्र गतिका बलर हुनेछन्। स्पिन विशेषज्ञको रुपमा सन्दीप लामिछाने मात्र टोलीमा रहेका छन्।अविनाशको स्थानमा खेल्दै कमलसिंह ऐरीले मलेसियासँगको पछिल्लो खेलमा ट्वान्टी-२० अन्तर्रा ष्ट्रियमा डेब्यु गर्दै ३ विकेट लिएका थिए।’

‘पछिल्ला तीन खेलमा १ विकेट लिन मात्र सके पनि ट्वा न्टी-२० विशेषज्ञ बलर भएकाले अविनाशले मौका पाएका हुन्।नेदरल्यान्ड् समाथी विजय हात पारेमा नेपालले २०१० पछि घरेलु मैदानमा पहिलो उपाधि हात पार्नेछ।’

‘११ वर्ष अगाडि विश्व क्रिकेट लिग डिभिजन ५ जितेयता नेपालले घरेलु मैदानमा उपाधि जितेको छैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News