झापाको गौरादह नगरपालिका–३ का राजन पन्तको घर मा पालेको गाईको बाच्छीले नब्याइकन नै चार दिनदेखि दू’ध दिन थालेपछि स्थानीयवासी अ’चम्मित भएका छन । नब्याएको गाईले दूध दिएको हेर्न अहिले पन्तको घरमा बिहानदेखि बेलुकासम्म मानिसको भीड लाग्न थालेको छ ।’

‘चिकित्सा विज्ञानलाई आश्चर्यमा पार्ने गरी आफ्नै गोठमा बाँधेर पालेको २१ महिनाको बाच्छीले दूध दिन थालेपछि अचम्म लाग्यो,” पन्तले भने । पशु चि’कित्सकलाई जाँच गराउँदा गाईले गर्भधारण नगरेको पाइएको गाईधनी पन्तले बताउँदै भने, “घरमा बाँधेर पालेको बाच्छी २१ महिनाको मात्र भयो । यसलाई कहीँ लगिएको पनि छैन ।’

‘एक हप्तादेखि बाच्छीको अचानक फाँचो ह्वात्तै बढ्यो । थुनसमेत ब्याएको गाईको जस्तो पघ्रेर आए ।बाच्छीको थुन गानिन थालेपछि हामीले दुहुन थाल्यौँ । उसले आरा मले दूध दिन थाल्यो,” गाईधनी पन्तले भने’

‘अहिले दैनिक एक पटक दुहुने गरेको र दूध अलि पातलो र पहेँलो रहेको पनि उनले बताए । बिगौती दूध भएकाले घरमा कसैले पनि नखाएको दूध बाख्राका पाठालाई दिने गरिएको छ ।’

‘तलको भिडियोमा हेर्नुहोला घरमै पुगेर सुपर अनलाइन टिभी टिमले प्रत्यक्ष भिडियो ल्याएको छ । २१ महिनाको सानो बाच्छीले यसरी दियो दुध हेर्नुहोस ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News