मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अनावश्यक रुपमा कसैसंग झै-झगडा हुन सक्छ । साथै यात्रामा    पनि सावधान रहनु होला । लेनदेनको समस्याले सताउनेछ । शत्रु पनि बढ्ने छन् । ब्यापारमा घाटा बेहोर्नु पर्ला । कृषि, पशुपालन र सानातिना घरायसी काममा समय खर्च हुनेछ । यात्रामा सावधान रहनु होला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)मान प्रतिष्ठा र सामाजि    क मर्यादामा अभिवृद्धि हुनेछ । मित्रले प्रशंसा गर्नेछन् । नसोचेको सम्मान मिल्ने दिन छ । पढाइमा सुधार आउने योग छ । कुरा काट्नेहरु प्रशंसक बन्नेछन् । काममा सम स्याको सामाना गर्नु पर्ला । गलत लेनदेनमा समस्या आउन सक्ने छ । जागिरमा सम्मान पाइनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । धन मनग्य कमाउने   अवसर मिल्नेछ । लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ । आकस्मिक निम्तोमा सहभागी हुन  पाइनेछ । पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने छ । त्यसै त्यसै मन हर्षित भएर आउनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका    विषयमा लगानी बढाउने समय छ । प्रेम सम्बन्ध र दाम्पत्य सुखको योग छ । स्वास्थ्य स्थितिमा सुधार आउने छ । आयआर्जन को स्रोत फेला पर्ला । तर, कृषिजन्य पेसा वा व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिंदैन ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बाटो काट्दा वा हात हतियारको प्रयोग गर्दा सचेत रहनुहोला । निको भएको रोगले पुन सताउन सक्छ । समय राम्रो भएपनि   शत्रुले सताउने योग छ, सावधान रहनु होला । खर्च बढ्ने, गलत विचार बढ्ने, विबाद बढ्ने र काममा अवरोध आउनाले धनको नाश हुन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)  विभिन्न अवसरले पछ्याउने छन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ, वित्तादी लाभ होला । शैक्षिक प्रगति   का लागि अनुकूल समय आएको छ । पठन पाठनमा ध्यान दिनु बेस हुनेछ । अधुरा कामहरु बन्ने, अरुको विश्वास आफुतिर रहने, आफन्तको सहयोग मिल्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अरुको विश्वास जित्न सजिलै सकिनेछ । धन मान पाउने योग छ । गरेको काम बाट फाइदा नै हुनेछ । व्यापारबाट राम्रै आम्दानी हुन सक्छ । नसोचेको काम बन्ने योग छ । अनौठो समाचार पनि सुनि एला । अर्थ लाभका अवसर आउने छन् । सामाजिक प्रति ष्ठा पनि बढ्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) अनुकूल यात्राको सम्भावना छ । पठन पाठन सामान्य रहला । फुर्सदिलो समय छ । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला । दिन सामान्य नै छ । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी र आमाको सल्ला हमा गरिएको काममा सफलता प्राप्त हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस् । मान्यजनको सुझाव अप्रिय लाग्नेछ । आज आर्थिक संकट पनि आउनेछ । लेनदेनमा विबाद पनि बढनेछ । घरायसी समस्या पनि आउला । पढा इ लेखाइमा ध्यान दिन नसकिएला । साथै, रुपैँया पैसाको पनि नाश हुने दिन छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
नयाँ योजना बनाउन र दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ । अरुको काम धेरै   गर्नु पर्ला । समयको बचत कम हुने दिन छ । नोकरी   तथा राजनितीमा मान सम्मान पाउने योग छ । अरुको  मन जित्न सकिने छ । जागीरबाट सन्तुष्टी मिल्ने देखिन्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)सोच्ने शक्ति बढ्ने छ । कुरा काट्नेहरु प्रशंसा गर्न थाल्ने छन् । धनको पनि वृद्धि हुनेछ । दाम्पत्य सम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने दिन छ । पैसो लेनदेनका काम पनि होला । सामा जिक यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) परिश्रमले धेरै काम बन्नेछन् । साथै, भाग्य पनि बलियो छ ।  परोपकार  र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिने समय छ । व्यापारमा मनग्ये   धन लाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग गर्लान । तर, आफन्तको सहयोग चाहि नपाइएला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News