काठमाण्डौं।प्रचण्ड भएको भए न मेलम्ची आउथ्यो न धराहरा बन्थ्यो सलाम छ केपी बा: केपि समर्थक धराहरा बनेको खुसियालीमा प्र”धानमन्त्रीले दिपावली मनाउन आग्रह गरे एक पक्ष साह्रै उ’त्साहित थियो भने अर्को पक्ष निरास जति सुकै राम्रो काम गर्दा पनि विरोध गर्नहरुको विचमा एक सामाजिक सञ्जालमा।

केपी समर्थक कर्ताले लेखे केपी बा धन्य छ प्रचण्ड भएको भए न मेलम्ची आउथ्यो न ध”राहरा बन्थ्यो। यसमा पनि कतिले समर्थन गरेका छन” भने कतिले भक्त भनेका छन।२०७४ सालको तीनै तहको निर्वाचन मा एमालेको घोषणा पत्र जस्तै ब्राण्ड गीत पनि बनेको थियो बद्री पंगेनी र प्रिया भण्डारी ले गाएको सैं पनि एमाले, मै पनि एमाले ।

गीतको एउटा बोल थियो- भत्किएको धरहरा बनाउने कुरा, एमाले को सरकार आए हुन्छ त्योनि पूरा एमालेको घोषणा पत्रमा समेत समेटिएको र एमाले पंक्तिको मुखमा झुण्डिए को त्यो गीतको एउटा बोल अब पूरा भएको छ । संयोग कस्तो भने नेकपा खारेज भएर एमालेकै सरकार बनेका बेला धरहरा निर्माण पूरा भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको ‘म बनाउँछु मेरो धरहरा’ अभियान शनिवारबाट पूरा भएको छ । २२ तले धरहराको उद्घाटन गर्दै ओलीले आफूले जनता समक्ष गरेका बाचा पूरा गर्दै आएको बताए ।भत्किएको धरहरा बनाउने अभियानको शुरु गरेका ओली २०७३ सालमा

सत्ताच्यूत भएपछि धरहरा निर्माण पनि अलपत्र परेको थियो । सरकारमा ओली र पुनःनिर्माण प्राधिकरणमा सुशील ज्ञवालीको पुनरागमनसँगै रफ्तार लिएको धरहरा पुननिर्माण लगभग सम्पन्न भएको छ शनिवार ” समारोह काबीच पुनर्निर्मित धरहराको प्रवेशद्धारमा राखिएको शिला लेखको प्रधानमन्त्रीले अनावरण गरि धरहराको।

ऐतिहासिक धरहराको समुद्घाटन गरेका हुन् । त्यसपछि प्रधानमन्त्रीले लिफ्टबाट धरहराको २० औ तलामा पुगेर पुष्पपृष्टी गरेका थिए २०७२ बैशाख १२ गतेको महाभुकम्प बाट क्षतिग्रस्त भएको धरहरा पुर्ननिर्माणका लागि प्रधान मन्त्री केपी शर्मा ओलीले २०७२ फागुन ४ गते ‘मेरो धरहरा मै बनाउँछु’ अभियानको घोषणा गरेका थिए ।

२०७५ साल पुस ५ गते प्रधानमन्त्री ओलीबाटनै सिलन्यास गरिएको पुनर्निर्मित धरहराको शनिवार प्रधानमन्त्री ओली बाट समुद्घाटन भएको छ । राष्ट्रिय पुर्ननिर्माण “प्राधिकरण को नेतृत्वमा पुनर्निर्मित धरहराका लागि ३ अर्ब ४८ करोड रुपैयाँमा ठेक्का दिईएको थियो ।

धरहराको २२ औै तलामा पुरानो धरहराबाट निकालिएको पुरानो शिवलिंङ्ग राखिएको छ ।बाहिरबाट देखिदाँ ११ तले रहेपनि भित्र २२ तला रहेको छ । त्यसमा २ वटा लिफ्ट राखिएको छ । जमिन मुनि २ तला बनाईएको छ । ४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहराको वरपर विश्राम स्थल सहितको बगैचाको हुनेछ भने संक्षित ऐतिहासिक सुन धारामा २४ सै घण्टा पानी आउने व्यवस्था मिलाईएको छ ।खबर सुत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News