काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो चरणको कोरोनाविरुद्ध खटिन पार्टी (नेकपा एमाले) का कार्यकर्तालाई निर्देशन दिनुभए को छ ।आइतबार एमाले महाधिवेशन आयोजक कमिटी को तेस्रो बैठकमा एमाले अध्यक्ष समेत रहनुभएका प्रधान मन्त्री ओलीले कोरोनाको नयाँ भेरियन्ट देखिएका कारण उत्पन्न हुनसक्ने परिस्थितिको सामना गर्न पार्टी पंक्ति सक्रि य हुनुपर्ने बताउनुभएको हो ।’

‘प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै परराष्ट्रमन्त्री एवं प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘प्रधानमन्त्री एवं पार्टी अध्य क्षले एमालेको सबै संरचनाका नेता कार्यकर्ताहरू   लाई कोभिड (१९ विरुद्धको लडाइँमा सक्रिय रहन निर्देश गर्नु भएको छ । सरकारले पनि आफ्नो स्थानबाट अधिकतम प्रयास गरिरहेको जानकारी गराउनुभयो ।’

‘बैठकमा अक्सिजन प्लान्टहरुलाई पूर्णक्षमतामा विस्तार गर्ने, नयाँ सिलिण्डर ल्याउने, खोपलाई अझ विस्तार गर्ने लगायतका काम भइरहेको प्रधानमन्त्री ओली जानकारी दिनुभएको प्रवक्ता ज्ञवालीले बताए ।’

‘साथै, स्वास्थ्यसम्बन्धी निर्देशिकाहरू कडाईका साथ लागू गर्ने तर तत्कालै लकडाउन नगर्ने सरकारको तयारी रहेको बारे पनि प्रधानमन्त्री ओलीले बैठकमा जानकारी गराउनु भएको प्रवक्ता ज्ञवालीले बताएका छन् ।’

‘प्रवक्ता ज्ञवालीले भने, ‘लकडाउन आफैंमा अन्तिम समाधान होइन । त्यसैले सकेसम्म मुलुकभर लकडाउन नगरी कोभिड महामारीको सामना गर्ने तयारी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News