१२ वैशाख, काठमाडौं । को’रोनाको सं’क्रमण  ह्वात्तै  बढ्न सक्ने अ’वस्थालाई  मध्यनजर  गर्दै  ‘लिक्विड  अक्सिजन’ सहित अन्य अत्यावश्यक सामग्री उ’पलब्ध  गराउन आ’ग्रह गर्दै सरकारले भारतलाई पत्राचार गरेको छ  स्वास्थ्य  मन्त्रा लयले आ’वश्यक सामग्रीको लिष्ट प’रराष्ट्र मन्त्रालय मार्फत भारत सरकारलाई उ’पलब्ध गराएको म’न्त्रालय उच्च स्रोत ले बतायो ।

पत्र पठाए लगत्तै दिल्लीस्थित नेपाली  दूतावासले  भारतीय विदेश मन्त्रालय र स्वास्थ्य  मन्त्रालयका  अधिकारीहरूसँग कुराकानी अगाडि बढाएको छ नेपालले लिक्विड अक्सिज न भारतको झारखण्डबाट ल्याउने गरेको छ नेपालले भारत सरकार  सँगै  झारख’ण्डको  अक्सिजन  उ’पलब्ध  गराउने कम्पनीसँग पनि कुराकानी अगाडि बढाएको छ

यतिवेला भारतमा नै अक्सिजन र अन्य स्वास्थ्य सामग्रीको अभाव भए पनि नेपाललाई सकेसम्म छिटो उपलब्ध  गराउ ने आश्वासन भारतीय अधिकारीले दिएका छन् । नेपाल  ले सबैभन्दा उच्च प्राथमिकतामा ‘लिक्विड अक्सिजन’ रहेको छ । संक्रमितको संख्या ह्वात्तै बढेमा ‘लिक्विड  अक्सिजन’ को अभाव हुने सक्ने सरकारी अधिकारीहरु बताउँछन ।

भारतले देशभित्र अक्सिजनको अभाव  भएलगत्तै  नि’र्यात मा बन्देज लगाएको छ नेपालले लिक्विड अक्सिजन भारत को झारखण्डबाट ल्याउने गरेको छ नेपालले भारत सरकार सँगै झारखण्डको अक्सिजन उपलब्ध  गराउने  कम्पनीसँग पनि कुराकानी अगाडि बढाएको छ सो कम्पनीका अधिका रीहरूले  नेपालले  आफैं  ट्याङ्करको  व्य’वस्था  गरेमा  र भारतीय विदेश मन्त्रालयले स्वीकृति दिएमा उ’पलब्ध गराउ न कुनै कठिनाई नहुने जानकारी गराएका छन् ।

एक उच्च अधिकारीले भने, ‘नेपाललाई धेरै मात्रामा अक्सि जन नचाहिने भएकाले सकारात्मक जवाफ आएको छ तर कहिले प्राप्त हुन्छ, यकिन  भने  छैन ।’  भारतले  उ’पलब्ध गराउने निर्णय गरे लगत्तै सिलिण्डर पठाउन आफूहरू तया र रहेको नेपाली व्यापारीहरूले आश्वासन दिइसकेका छन् ।

त्यसैगरी सरकारले अक्सिजन सिलिण्डर उ’पलब्ध  गराउन पनि भारत सरकारलाई आग्रह गरेको छ ।अधिकारीहरूका अनुसार देशभरका अस्पतालहरूमा अक्सिजनको  अभाव नभए  पनि  बिरामी  बढेको  खण्डमा  प’र्याप्त  अक्सिजन सिलिण्डरहरू भने छैनन् ।

त्यसैगरी रेम्देसिभिर लगायतका अन्य अत्यावश्यक औषधि उपलब्ध गराउन पनि भारतलाई आग्रह गरिएको छ । अस्प तालको  आईसीयू  युनिटको  लागि  आ’वश्यक  सर्जिकल सामग्रीहरू समेत माग गरिएको छ ! यस  बाहेक  नेपालले भुक्तानी  गरिसकेको  १०  लाख खोप पनि सकेसम्म छिटो उपलब्ध गराउन नेपालले भारतसँग ताकेता गरिरहेको छ । भारतले सो खोप पठाउन ढिला गर्दा ६० वर्षभन्दा माथिका लाई दोस्रो चरणको खोप अभियान प्रभावित हुने खतरा छ ।

तर भारतमा नै यतिवेला  अक्सिजनको  अ’भावमा  धेरैको मृ’त्यु  भइरहेको  हुनाले  नेपालले आ’ग्रह गरे पनि भारतले तत्कालै अक्सिजन र अन्य सामग्री पठाउने सम्भावना कम देखिन्छ भारत आफैंले तत्कालका लागि जर्मनीबाट अक्सि जन ल्याउने तयारी गरिरहेको छ । तर केही ढिलो भएपनि उपलब्ध गराउने आश्वासन दिएको सरकारी अधिकारीहरु बताउँछन् ।स्रोत अन्लाईन खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News