काठमाडौँ । उपवास वा व्रत, हिन्दुधर्मालम्वी हरुले आफ्नो भाकलरप्रतिज्ञा पुरा गर्न गर्ने गर्दछन्। व्रत केवल शारिरीक स्वास्थ्यको दृष्टी बाट मात्र महत्वपुर्ण छैन। हप्ताका प्रत्येक दिन एक वा धेरै देवी देवताको लागि व्रत बस्ने प्रथा चलि आएको छ हिन्दु धर्ममा।’

‘यस्तैमा सोमबार भने सामान्यतया शिवको लागि समर्पित छ। सोमबारको व्रत सूर्य उदय संगै सुरु हुन्छ अनि   सूर्य अस्ताए पछि सकिन्छ। खाना बेलुकाको आरती   सकिए  पछि खाइन्छ। दिनमा शिव र पार्वतीको पुजा तथा आराध ना गरिन्छ। तर कुनै पनि पुजाको अगाडी गणेशको पुजा भने अ’निवार्य नै छ।’

‘अझ साउन महिनाको सोमबारको व्रत फलदा यी मानि न्छ। यो विश्वास गरिन्छ की , सोमबारको उपवासले मानिस को इच्छा अनि आकंक्षा पुरा गर्दछ अनि ज्ञान प्राप्ति हुन्छ। अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझ बढी छ।’

‘सोमबार व्रत बस्ने चलन कसरी सुरु भयो ? सोमबार शिवको व्रत बस्ने चलनको पछाडी धेरै कथाहरु चलि आएका छन। यी कथाहरु मध्ये तीन कथाहरु बढी च’  र्चित छन्। पहिलो कथा एक गरिब ब्राह्मणको बारेमा छ जसले शिवको व्रत प’श्चात धन प्राप्त गरेको कथा छ।’

‘दोस्रो, एक धनी व्यापारीको छ। जसको छोरा थिएनन्। लामो प्रतिक्षा पछि छोरा जन्मिए तर छोटो समयमै मृ`त्यु हुन पुग्यो। कथा अनुसार शिव र पार्वतिको कृपाले छोराको पु’र्नजन्म भएको थियो।’

‘तेस्रोः शिव र पार्वतीले खेलेको कौडा खेलको कथा छ। कुनै पनि खालको व्रत वा उपवासले शारीरिक स्वास्थ्यमा प्रतक्ष प्रभाव पार्छ। समय समयमा व्रत बस्नाले शरिरलाइ फाइदा पुर्याउँछ। व्रतको धारणा परापुर्वककालका ब्राह्म णहरुले ‘ब्राह्मण धर्म’ प्रति मानिसलाइ आ’कर्षित गर्न प्रयो’ग गर्थे।’

‘यसले शारिरीक स्वास्थ्यलाई नै राम्रो बनाउने हुँदा व्रत गर्ने आफैले नै अनुभव गर्नसक्ने हुँदा हजारौं वर्षसम्म पनि यो प्रथा चलिआएकै छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News