काठमाडौँ, १३ वैशाख- त्रिभुवन विश्वविद्यालय ले सबै परीक्षा स्थगन गरेको छ ।  त्रिवि परीक्षा नियन्त्रण कार्यालय केन्द्रीय परीक्षा सञ्चालन समितिको आज बसेको बैठकले मङ्गलबारदेखि हुने  सबै परीक्षा स्थगन गरेको हो ।

‘परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोरोनाको दोस्रो प्र  को पले देशका विभिन्न स्थानमा बन्दा बन्दी र निषेधाज्ञा भएका कारण अहिलेको स्थितिमा परीक्षा सञ्चालन गर्न नसकिने भएका ले स्थगन गर्नुपरेको जानकारी दिनुभयो ।

‘केही ठाउँमा बन्दाबन्दी र निषेधाज्ञा शुरु भएको छ ” उहाँले भन्नुभयो, यस्तो बेलामा परीक्षा गर्न सम्भव हुँदैन । त्यसैले सबै परीक्षा स्थगन गरेका हाँै ।’

‘उहाँले वातावरण सहज भएपछि परीक्षा सञ्चालन गरिने बताउनुभयो । त्रिविको वार्षिक परीक्षाअन्तर्गत स्नातक तह र स्नातकोत्तर तह दोस्रो वर्षका परीक्षा सञ्चालन भइरहे का थिए ।

‘यही वैशाख १९ गतेसम्म सञ्चालन हुने परीक्षा अन्तर्गत मानविकी,  शिक्षा र विज्ञान सङ्काय का केही विषय मात्र बाँकी  थिए । यस्तै वैशाख १९ गतेदेखि स्ना’तकोत्तर तह को से’मेष्टरअन्त र्गतका परीक्षासमेत सञ्चालन गर्ने पनिका को त’यारी थियो ।

‘यसअघि पनि गत वर्ष चैतमा कोभिड–१९ का कारणले परीक्षा स्थगन गरिएका थिए । ती परीक्षा गत मङ्सिरदेखि निरन्तर सञ्चालन भइरहेका थिए ।

‘को’भिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्देशक समितिको आइतबार बसेको बैठकले आजदेखि विद्यालय र शिक्षालयको भौतिक उपस्थितिमा हुने पूर्वनिर्धारित परीक्षा अर्को आ’देश नभएसम्मका लागि स्थगन गर्ने निर्णय गरेको थियो ।  (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News