१४ वैशाख, काठमाडौं ।  काठमाडौं  उपत्यकामा  विहीबार बाट  लकडाउन  सुरु  हुने  भएपछि घर फर्किने यात्रुहरुको भिड बढेको छ । गोंगबुस्थित नयाँ बसपार्क, कोटेश्वर,  कलं की  लगायतका  क्षेत्रमा  घर  फर्किनेहरुको  संख्या  बढेको देख्न सकिन्छ ।जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्त पुर र ललितपुरका प्र’मुख  जिल्ला  अधिकारीको  सोमबार बसेको संयुक्त बैठकले वैशाख १६  गते  बिहानदेखि  काठ माडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाउने नि’र्णय गरे सँगै घर जाने यात्रुको संख्यामा वृद्धि भएको हो ।

अन्य समयमा यात्रु नपाएर खाली हिँड्न बाध्य रहेका  सार्व जनिक  यातायात  सोमबारको  उक्त नि’र्णयसँगै भरिभराउ यात्रु बोकेर गन्तव्यतर्फ लागेका छन् । काठमाडौंका प्र’मुख जिल्ला  अधिकारी  कालिप्रसाद  पराजुलीले  सोमबार  दुई दिन यात्रुलाई घर जाने समय दिएको बताएसँगै आज बिहा नैदेखि नयाँ बसपार्कमा घर जान यात्रुहरुको  भीड  लागेको हो । लामो  दूरीका  सार्वजनिक यातायातमा सिट नपाएको यात्रुले गुनासो गरेका छन् ।

बझाङ जानका लागि टिकट  काट्न  सोमबार  साँझ  नयाँ बसपार्क पुगेका जयराज जोशीले टिकट  नपाएको गुनासो गरे । लामो दूरीका सवारी साधन थोरै भएका  कारण पनि नयाँ बसपार्कमा टिकट अभाव भएको हो  ।नयाँ  बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशा धन प्रमुख पंकज मल्लले   बिहानदेखि नै  नयाँ बसपार्कमा भीडभाड बढेको बताए ।

नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक यातायात ओहोरदोहोर गर्दै आएका छन् । नयाँ बसपार्कमा दैनिक ८०० देखि एक हजार सार्वजनिक याता यात दैनिक ओहोरदोहोर गर्दै आएका छन् ।काठमाडौं महा नगरपालिकाको स्वामित्वमा रहेको १६१ रोपनी क्षेत्रफलमा निर्माण गरिएको  नयाँ  बसपार्कमा  एक हजार ५०० भन्दा बढी सार्वजनिक सवारी साधन  पार्किङ  गर्न मिल्ने ल्होत्से बहुउद्देश्यीय प्रालिले जनाएको छ ।

पछिल्लो समय नयाँ बसपार्कलाई अन्तर्राष्ट्रिय  मापदण्डको बसपार्क निर्माणका लागि ल्होत्से बहुउद्देश्यीय  प्रालि  लागे को  छ  प्रालिका अ’ध्यक्ष  इञ्जिनीयर  दीपक  कुँवर  नयाँ बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको  बनाउनका  लागि आफूले काम गरिरहेको बताउँछन् ।नयाँ बसपार्कमा हाल  सञ्चाल न भएका टिकट काउन्टरसमेत बन्द  गरिएको  छ ।  टिकट काउन्टरलाई अन्तर्राष्ट्रियस्तरको  बनाउनका  लागि  वैशाख १  देखि  नयाँ बसपार्कभित्रका सम्पूर्ण काउन्टर बन्द गरिए को अध्यक्ष कुँवरको भनाइ छ ! अन्लाईन खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News